नेविसंघ बेलायतले नयाँ संविधानको स्वागत

nebisang

लण्डन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ ‘संबिधान २०७२ एेतिहासिक रूपमा आज असोज ३ गते आईतवारका दिन घोषणा भएको सुखद अबसरमा नेबिसंग बेलायेत खुसियाली सहित स्वागत ब्यक्त गरेका छन्।

गैरआवासीय नेपालीले माग गर्दै आएको दोहोरो नागरिकतालाई समेटेर संविधान जारी भएपछि बेलायतमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु सग मिलेर आइतबार साँझ दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेर खुसियाली साटासाट गरे।

नेविसंघ बेलायतका कार्यबाहक सभापति कुश बस्नेतले आइतवार एक विज्ञप्ति जारी गर्दै २००७ सम्मको क्रान्ति देखि नेपाली जनताले आफ्नै प्रतिनिधी मार्फत आफ्नो संविधान निर्माणका लागि गरेको अनवरत संघर्षको उपलब्धी नेपालीहरुको चाहना अनुरुपको लोकतान्त्रिक नेपालको संविधान सभाबाट आएको संविधान सम्पूर्ण नेपालीहरुको साँझ दस्तावेज बन्न सकोस भनिएको छ ।

विज्ञप्तिमा २००७ साल देखिको नेपाली जनता ले गरेको क्रान्ति आज आएर पुरा भएको छ। २००७ साल देखि हाल सम्मका ज्ञात आग्यत सहिद हरुको हार्दिक स्रदान्जली ब्यक्त गर्दै २०७२ साल को नया संबिधानले सम्पूर्ण नेपाली जनता को बिजय भएको छ।