लण्डन नेपाल न्यूज डटकमको निर्देशक बोहरा नियुक्त

लण्डन । भर्खरै बेलायतबाट सञ्चालनमा आएको लण्डन नेपाल न्यूज डटकम अनलाइन पत्रिकाको निर्देशकमा काशिराज बोहरा नियुक्त हुनुभएको छ । लण्डनको बन्टोकमा लामो समयदेखि बसोबास गर्दै आउनुभएका बोहरा बेलायतमा पेट्रोल पम्प र निर्माणसम्बन्धी व्यवसायमा संलग्न हुनुहुन्छ । पेशाले सिभिल इञ्जिनियर बोहरा बन्र्यक नेपाली समाजलगायत विभिन्न संघ संस्थामा आबद्ध भइ सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।
निर्देशकमा नियुक्त भएपछि बोहराले लण्डन नेपाल न्यूज डटकमलाई नयाँ ढंगले अघि बढाउने प्रतिक्रिया दिनुभयो । विशुद्ध गैरनाफामुलक संस्था भएकाले जानकारी दिँदै निर्देशक बोहराले भन्नुभयो, विशेष गरी बेलायतमा बसोबास गर्ने नेपालीका गतिविधि संसारभरि पु¥याउने र नेपालका विविध समाचारलाई संसार सामू जोड्न प्रयास गरिनेछ ।
यही डिसेम्बर ७ तारिख बीबीसी नेपाली सेवाका पत्रकार भगिरथ योगी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले उद्घाटन गरी लण्डन नेपाल न्यूज डटकमको औपचारिक सुरुवात गरिएको थियो ।
यस नयाँ न्यूज पोर्टलको प्रधान सम्पादकमा नेपाल पत्रकार महासंघ यूके शाखा सदस्य शिव भण्डारी र सल्लाहकार सम्पादकमा महासंघ यूके शाखाका केन्द्रीय पार्षद केशव भण्डारी रहेका छन् ।