काठमाडौं, १७ भदौ । नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले धेरै पक्षको सहमतिमा संविधान बनेको भन्दै यसलाई असफल बनाउन भइरहेका षड्यन्त्र सफल नहुने बताएका छन । बिहीबार राजधानीमा नेपाल स्वास्थ्य व्यवसायी महासंघको १० औं वार्षिक साधारणसभामा उनले अहिलेको संविधान र संघीय संरचनाले सबैको भावना समेटेको दाबी गरे । उनले अहिले संविधान बन्न नसके नेपालमा कहिल्यै संविधान नबन्ने खतरा बढ्ने समेत बताए । सबै समस्याको वार्ताबाट समाधान खोज्न सकिने भन्दै उनले वार्तामा आउन सबैपक्षलाई आग्रह पनि गरे ।
कार्यक्रममा एमाले सचिव योगेश भट्टराइले हिंसात्मक आन्दोलनले निकास नदिने भन्दै आन्दोलनरत पक्षलाई बार्ताबाटै समाधान खोज्न आग्रह गरे । यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देबले असन्तुष्ट पक्षहरुका माग सम्बोधन गर्न ठूला दलहरु गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले वैदेशिक रोजगार व्यवसायीले मनलागी रकम असुली गर्ने, अभिमुखीकरण तालिमको नाममा मनमरी शुल्क लिने र स्वास्थ्य परिक्षणमा लापरवाही गर्ने गरेको भन्दै त्यसलाई निरुत्साहित गररै छाड्ने बताए ।
षडयन्त्र सफल हुन सक्दैनः देउवा






