एनआरएन यूके सदस्यको पहिलो नामावली सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको १३ सेप्टेम्बरमा हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिको पूर्व सूचना बमोजिम निर्वाचन समितिले सोमबार साझँ पहिलो नामावली प्रकाशन गरेको हो । निर्वाचन समितिका सदस्य विश्वआर्दश पण्डितका अनुसार मतदाता नामावलीमा छुटेको वा सदस्यता सम्बन्धि कुनै समस्या भए भोलि (मँगलवार) साँझ ५ बजे सम्म निर्वाचन समितिमा दावी बिरोध पेश गर्न सकिने छ ।

निर्वाचन समितिले २८ तारिख साँझ अन्तिम नामावली प्रकाशन गर्ने तालिका प्रकाशन गरिसकेको छ । निर्वाचन समितिका अनुसार २८६३ सदस्य मात्र मतदान गर्न र उम्मेदवार बन्न योग्य भएका छन भने तीन सय ९८ सदस्यको नाम रद्ध गरिएको छ । यस्तै ९ सय ५१ सदस्यहरुको नाम प्रमाण नपुगेको भन्दै पेन्डिङ्गमा राखिएको छ । निर्वाचन समितिले भेरिफाइ हुन बाँकी सदस्यता फारम भोलि सम्म टुंग्गो लगाउने जनाएको छ । बिस्तृत विवरण आउन बाँकी नै छ ।

मतदाता नामावली यस प्रकार छ ।

योग्य मतदाता

सदस्यता रद्ध 

छानविन हुन बांकी