दमौली, २५ साउन । तनहुँको सतिस्वाँरा-२ घर भई हाल मिर्लुङ-६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्गीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले दिएको केरा खाँदा घाँटीमा अड्किएर ती बालकको मृत्यु भएको बताइएको छ ।
राति २ बजे डुम्रेस्थित मोती मेडिकल हलमा पु-याइएका ती बालकलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भइसकेको बताएका थिए । मृतक बालकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।
यसैगरी तनहुँको जामुने गाविस-५ पसले निवासी २० वर्षीय अभिषेक सुनार विष सेवनबाट गम्भीर विरामी भएका छन् । मुसा मार्ने औषधि खाई विरामी भएका सुनारको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ । आज बिहान सुनारले एक्कासि उक्त विष खाएको थाहा पाएपछि परिवारजनले अस्पताल पु-याएका थिए । उनले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन ।
घाँटीमा केरा अड्किँदा दुई वर्षीय बालकको मृत्यु






