लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले बेलायत आउने भएका छन् । तमुधी यूकेले जनवरी ३ तारिख आयोजना गर्ने लोसार कार्यक्रममा भाग लिन घले लण्डन आउन लागेको तमुधी यूकेका अध्यक्ष रामचन्द्र गुरुङले बताए । रेडिङस्थित लेजरसेन्टरमा हुने भब्य कार्यक्रममा घलेलाई सम्मान गरिने तमुधीले जनाएको छ । गुरुङका अनुसार अध्यक्ष घले तीन दिन बेलायतमा रहने छन् । घले तमुधी यूकेका प्रमुख संरक्षक हुन् । घलेले एनआरएन यूकेको बिषयमा मौन रहने बुझिएको छ । स्रोतका अनुसार घलेले एनआरएन यूकेको विवाद मिलाउन गठित समितिको प्रतिवेदन आएपछि त्यसैका आधारमा निर्णय लिने सोच बनाएका छन् ।
अध्यक्ष शेष घले बेलायत आउने






