लन्डन । बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको ३०औँ साधारणसभाले आगामी दुई वर्षका लागि १५औँ कार्यकारिणी समिति चयन गरेको छ। साधारणसभाबाट कोमलप्रसाद श्रेष्ठ मल्ल तेस्रोपटक परिषद्को अध्यक्षमा निर्वाचित भएका छन्।
वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न साधारणसभाले १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ सहअध्यक्षमा ध्रुव केसी चयन भएका छन्। त्यसैगरी, सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति रेग्मी चयन भएका छन्।
उपाध्यक्षमा डा. सङ्गीता श्रेष्ठ ‘स्वच्छा’, महासचिवमा डा. सुधा श्रेष्ठ, सहमहासचिवमा सुष्मा भट्टराई तथा वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान चयन भएका छन्।
त्यस्तै, कार्यकारिणी सदस्यमा वासुदेव सापकोटा चयन भएका छन्। मिडिया कोअर्डिनेटरमा विनेपालीका सम्पादक नरेश खापाङ्गी मगर, नेपाली लिंकका सम्पादक नवीन पोखरेल र लन्डन नेपाल न्यूजका सम्पादक शिव भण्डारी चयन भएका छन्। कार्यकारिणी समितिका दुई सदस्य भने अध्यक्षले पछि मनोनयन गर्ने गरी रिक्त राखिएको परिषद्ले जनाएको छ।
१६ सदस्यीय सल्लाहकार समिति गठन
यसैगरी, परिषद्को १६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ। समितिको प्रमुख सल्लाहकारमा डा. राघवप्रसाद धिताल ओबिई चयन भएका छन्।
सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, घनबहादुर थापा मगर, विजय थापा, डा. गोपाल पौडेल, कृष्ण भट्ट, डा. जनककुमारी धिताल, हिन्दमैया वैद्य, कमल भण्डारी, बालजंग अर्याल, पशुपति भण्डारी र टंक भट्टराई रहेका छन्।
यसअघि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न परिषद्का निवर्तमान अध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो। अध्यक्षमण्डलमा पूर्वअध्यक्षहरू खगेन्द्र नेपाली र मदन थापाका साथै विजय थापा र कृष्ण भट्ट सदस्य रहेका थिए।
नवनिर्वाचित पदाधिकारीहरूको पदसुशोभन तथा प्रमाणपत्र वितरण कार्यक्रम भने पछि आयोजना गरिने जनाइएको छ।
आर्थिक र वार्षिक प्रगति प्रतिवेदन पारित
यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभाले वरिष्ठ कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमाथि बुँदागत छलफल गरी पारित गरेको थियो।
साधारणसभाले १५औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का वार्षिक कार्यक्रमहरूमा सक्रिय योगदान पुर्याउने संस्थापक एवं निवर्तमान अध्यक्ष तथा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाह, कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक राजदूत तथा नेपाली राजदूतावास परिवारप्रति आभार व्यक्त गरेको छ।
त्यसैगरी, कवि तथा कलाकारहरू, परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार यूकेका अध्यक्ष डम्बसिंह प्रयास तथा पदाधिकारीहरू, पत्रकारहरू र विभिन्न संघसंस्थाप्रति पनि धन्यवाद व्यक्त गरेको छ।
सहयोगीहरूलाई धन्यवाद प्रस्ताव
साधारणसभाले परिषद्लाई आर्थिक तथा भौतिक सहयोग पुर्याउने व्यक्तिहरू तथा संघसंस्थाको योगदानको प्रशंसा गर्दै धन्यवाद प्रस्तावसमेत पारित गरेको छ।
सहयोगीहरूमा डा. राघवप्रसाद धिताल ओबिई, डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, घनबहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, हिन्दमैया वैद्य, गोपाल पौडेल, रेशम अर्याल, मनोज अन्जान, गोकुल भण्डारी, सुष्मा भट्टराई, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, सीतु खरेल, वाचस्पति रेग्मी, नवीन पोखरेल, शिव भण्डारी र नरेश खापाङ्गी मगर रहेका छन्।
साथै, सहयोग गर्ने अन्य संघसंस्थालाई पनि साधारणसभाले धन्यवाद दिएको छ। परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।






