बेलायत निवासी उत्तम नेपाल परिवारद्वारा रसुवाका बाढीपीडितलाई रु १ करोड हस्तान्तरण

शिव भण्डारी,

लन्डन । बेलायत निवासी समाजसेवी उत्तम नेपाल तथा उनको परिवारले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ एक करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेका छन्।

लण्डनस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशकसमेत रहेका व्यवसायी नेपाल परिवारका तर्फबाट प्रधानमन्त्री विपद् राहत तथा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउनुका साथै बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको पहिचानमा सहयोग पुर्‍याउने उद्देश्यले डीएनए परीक्षण गर्ने मेसिनसमेत हस्तान्तरण गरिएको छ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उक्त सहयोग रकमको चेक तथा डीएनए परीक्षण मेसिन परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको हो।

बाढीका कारण प्रभावित परिवारहरूलाई राहत पुर्‍याउनुका साथै पहिचान हुन नसकेका मृतकहरूको सनाखत प्रक्रियालाई सहज बनाउन नेपाल परिवारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको हो।

बेलायतमा बसोबास गर्दै आएका उत्तम नेपाल र उनको परिवारले मातृभूमिमा आइपरेको विपत्तिका बेला देखाएको सहयोग र मानवीय भावनाले प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी तथा एकताको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *