धैर्य गर्नुस् हिन्दू धर्मको विजय हुन्छ : मन्त्री निधि

ef}lts of]hgf tyf oftfoft dGqL ladn]Gb| lgwL eQmk'/sf] l;kf8f]ndf cjl:yt s]bf/gfysf] lz/ 8f]n]Zj/ dxfb]j dlGb/df cfhb]lv cfof]hgf ePsf] >Ldbefujt 1fg dxfo1sf] cfh pb3f6g sfo{qmddf ;xeflu x'b} . tl:j/ M /d]z lu/L, eQmk'/ . /f;;

भक्तपुर, ११ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले हिन्दूहरूको बाहुल्य रहेको नेपालमा हिन्दू राज्य स्थापना हुनुपर्ने बताउनुभएको छ । भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री निधिले भन्नुभयो, “तपाइँहरू धैर्य गर्नुस्, हिन्दू धर्मको विजय हुनेछ ।
हिमाल, पहाड, तराई, मधेस सबै क्षेत्रका जनताको आस्था र चाहना हिन्दू धर्मप्रति रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “म हिन्दू हुँ, हिन्दू हुनुमा मलाई गर्व छ, त्यसैले हिन्दू धर्मको रक्षाका लागि मेरो पनि योगदान रहनेछ ।”
त्यस अवसरमा सभासद् रामेश्वर ढुङ्गेलले भक्तपुरको विकासमा सरकारले सहयोग गर्नुपर्ने आँैल्याउँदै भक्तपुरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिका उपाध्यक्ष किरण थापाले भूकम्पले भत्काएको मूल मन्दिर बनाउन रु पाँच करोड लाग्ने अनु्मान गरिएको जानकारी दिँदै आर्थिक सङ्कलनको मुख्य उद्देश्यले साउन महिनाभर महायज्ञ लगाउन लागिएको हो भन्नुभयो ।
साउन १ देखि १० गतेसम्म लगाएको देवी भागवत् महापुराणमा करिब रु ११ लाख सङ्कलन भएको र साउन ३१ गतेसम्म नै महायज्ञ लगाउने जानकारी उहाँले दिनुभयो । कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्रकी प्रमुख सिर्जना श्रेष्ठले रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको थियो ।