अर्घाखाँची समाज यूकेको च्यारिटी डिनर फेब्रुअरी ४ मा

जीव बेल्वासे, अल्डरसट

लन्डन- अर्घाखांचीबाट बेलायत आइ विभिन्न क्षेत्रमा आवद्ध अर्घाखाँची समाज यूकेले च्यारिटी डिनर लन्डनमा गर्ने भएको छ।

अर्घाखाँची जिल्लाको बिकट गाउँ गोखुङ्गामा मातृशिशु स्वास्थ्य सेवा संचालनमा सयोगार्थ अर्घाखाँची समाज यूकेले च्यारिटी डिनर आयोजना गरिएको हो ।

गोल्डेनशिप रेष्टुरेन्ट साउथ ह्यारोमा ०४ फेब्रुअरी २०१८ आइतबार दिनको ठिक १४०० बजेदेखि राखिएको उक्त कार्यक्रमको संयोजक संस्थाका उपाध्यक्ष बि पी खनाललाइ तोकिएको छ।

उक्त दिन कार्यसमिति र सल्लाहाकार सपरिवार अनिवार्य रुपमा उपस्थित हुने गरि निर्णय भएको छ भने अरु नेपाली समुदायमा कार्यक्रममा सरिक भै सहयोगको लागि अध्यक्ष बालकृष्ण भुसाल तथा अर्घाखाँची समाज यू के परिवारले हार्दिक अनुरोध गरेको छ।


डिनर तथा भिन्न साँस्कृतिक कार्यक्रमका साथ् सम्पन्न गरिने यस कार्यक्रमको प्रमुख अतिथिको बेलायतका लागि नेपाली राजदुत डा सूर्य बहादुर सुबेदी र बिशेष अतिथिको रुपमा एन आर एन यूकेका अध्यक्ष योग कुमार फगामीको समेत सहभागिता रहने कुरा महासचिब तुङ्गभद्र भुसालले बताए।