लन्डन । लन्डनस्थित नेपाली समुदायबीच क्रिकेटमार्फत मित्रता, सहकार्य र एकतालाई अझ सुदृढ बनाउने उद्देश्यसहित गौतम बुद्ध क्रिकेट क्लब (GBCC) ले आफ्नो बहुप्रतीक्षित आन्तरिक क्रिकेट प्रतियोगिता ३.० आयोजना गर्ने भएको छ।
क्लब स्थापना पश्चात् तेस्रो संस्करणसम्म प्रतियोगितालाई निरन्तरता दिन सफल हुनु GBCC परिवारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले क्लबभित्रका खेलाडी, सदस्य तथा शुभेच्छुकहरूबीचको सम्बन्धलाई मजबुत बनाउँदै क्रिकेटमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने कार्यलाई थप बल दिएको छ।
यस वर्षको प्रतियोगितामा केयर ट्रेनिङ्स च्यालेन्जर्स, मोर्टगेज म्याटर युनाइटेड, ह्याम्पशायर एकाउन्टेन्ट्स रोयल्स, मार्कहोर क़लान्दर्स, कर्नालू तमास तथा ह्वाइट टाइगर्स मेडेक्स जायन्ट्स गरी ६ टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन, प्रतिस्पर्धात्मक भावना र टोलीगत एकताको झल्को देखिने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई खेलमै सीमित नराखी नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साँझ विशेष तीज कार्यक्रम समेत आयोजना गरिनेछ। दिनभरि क्रिकेटको रोमाञ्चपछि सहभागीहरूलाई नेपाली कला, संगीत र संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गरिनेछ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने केयर ट्रेनिङ्स, मोर्टगेज म्याटर हेज, ह्याम्पशायर एकाउन्टेन्ट्स, मार्कहोर प्रेस्टिज, कर्नाली ओरिजिन एण्ड आलु तामा रेस्टुरेन्ट, ह्वाइट टाइगर हलिडे एण्ड मेडेक्स ओएससीई एकेडेमी, एसएनपी प्लस एकाउन्टेन्ट्स एण्ड ट्याक्स एडभाइजर, आरके अटोवर्क्स तथा नेवा छे माया नेपाली एण्ड इन्डियन क्युजिन लगायत प्रायोजकहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।
क्लबले सम्पूर्ण खेलाडी, समर्थक तथा नेपाली समुदायलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र सामुदायिक उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा दिएको छ।
📅 मिति: १२ सेप्टेम्बर २०२६, शनिबार
⏰ समय: बिहान ८:०० बजेदेखि
📍 स्थान: रेक्टोरी पार्क, नर्थोल्ट, लन्डन
🚗 पार्किङ सुविधा उपलब्ध
“आउनुहोस्, खेलसँगै मित्रता जोडौँ र संस्कृतिसँगै एकता मनाऔँ।”






