एसियन महिला एसोसिएसन (AMA) ले तीज कार्यक्रम रद्द गर्दै नेपाल बाढीपीडितका लागि २ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

लण्डन – एसियन महिला एसोसिएसन (AMA) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै आगामी तीज उत्सव कार्यक्रम रद्द गरेको छ।

संस्थाले बाढीका कारण ज्यान गुमाउने, घरबार तथा जीविकोपार्जन गुमाउने सबैप्रति श्रद्धाञ्जली र समवेदना प्रकट गर्दै यो निर्णय लिइएको जनाएको छ।

उक्त कार्यक्रम १२ सेप्टेम्बर २०२६ मा Samuel Cody School, Farnborough मा आयोजना हुने तय गरिएको थियो।

नेपालमा जारी राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एसियन महिला एसोसिएसनले नेपाली रुपैयाँ २,००,९९९ (दुई लाख नौ सय उनान्नब्बे रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग स्वरूप प्रदान गरेको छ।

, “संस्थाले कठिन घडीमा नेपालका बाढीपीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै यो निर्णय लिएको हो। यस्तो अवस्थामा उत्सव कार्यक्रम गर्नु उपयुक्त हुँदैन। त्यसैले कार्यक्रम रद्द गर्नु र आधिकारिक राहत कोषमा सहयोग गर्नु हाम्रो सम्मान, करुणा र ऐक्यबद्धताको प्रतीक हो

एसियन महिला एसोसिएसन (AMA) की अध्यक्ष कल्पना गुरुङले कार्यक्रम रद्द हुँदा पर्न गएको असुविधाप्रति संस्थाले क्षमा माग्दै सदस्य, अतिथि, स्वयंसेवक, कलाकार, प्रायोजक तथा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *