राय सङ्कलनका विरुद्धमा राप्रपा नेपालको प्रदर्शन

lqk'/]Zj/l:yt /fli6«o v]ns"b kl/ifb -/fv]k_df ;+ljwfgsf] d:of}+bfdf hgtfsf] /fo ;ªsng ug]{ sfo{qmdlj?4 lj/f]w k|bz{gub}{ /fli6«o k|hftGq kf6L{ -/fk|kf_ g]kfnsf g]tf tyf sfo{stf{x? . tl:a/ M bLk]Gb| ;fksf]6f÷/f;;

काठमाडौँ, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधानको मस्यौदामा जनताको राय सङ्कलन गर्ने कार्यक्रमलाई ‘नौटङ्की’ भन्दै विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता मोहन श्रेष्ठ, नेता भरत जङ्गम, सभासद् सीता लुइँटेललगायतले आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भइरहेको जनमत सङ्कलन कार्यको विरोध गरेका हुन् ।
सो स्थानमा उपप्रधान एवम् सङ्घीय मामला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसहित काठमाडौँ क्षेत्र नं १ का जनप्रतिनिधिहरु जनताको राय सङ्कलनमा व्यस्त हुनुहुन्थ्यो ।
‘हिन्दू राष्ट्र कायम गर, धर्म निरपेक्षता खारेज गर, अखण्ड नेपाल जिन्दावाद, सनातन राष्ट्र नेपाल जिन्दावाद, विदेशी हस्तक्षेप बन्द गर, गोप्य कोठाको षड्यन्त्र बन्द गर’ जस्ता नारा लगाउँदै राय सङ्कलन स्थलमा पुगेका प्रदर्शनकारीले झडपको स्थिति निम्त्याएका थिए । तर प्रहरीले सामान्य बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
सहप्रवक्ता श्रेष्ठले सुझाव सङ्कलन कार्यको विरोध गरे पनि बिथोल्ने आफूहरुको नीति नभएको बताउँदै भन्नुभयो, “हिन्दू राष्ट्र, सङ्घीयता र गणतन्त्रजस्ता महत्वपूर्ण विषयमा जनमत सङ्ग्रह हुनुपर्छ भन्ने हाम्रो माग हो ।”
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष डा माधव भट्टराई तथा आध्यात्मिक व्यक्तित्व निर्मल निसारले करिब ८१ प्रतिशत हिन्दू तथा ९४ प्रतिशत ओमकार परिवार भएको मुलुकमा विदेशीको प्रभावमा परेर धर्म निरपेक्षता गरिएकामा आपत्ति जनाउनुभयो । राय सङ्कलनको विरोधमा राप्रपा नेपालले आज देशैभरि प्रदर्शन गरिरहेको छ ।