लण्डन ! साझा नेपाली समाज युकेले मे १८ सोमबार पिटरवोरोमा यस वर्षको भेटघाट ( Meet and Greet) कार्यक्रम सम्पन्न गरेको छ।
मिडल्यान्डका नेपाली समाजिक संघसंस्थाहरूको छाता संगठन साझा नेपाली समाजले प्रत्येक बर्ष सामाजिक अभियन्ताहरूबीच भेटघाट र समाजिक संघसंस्थाबीच भाईचाराको अभिवृदि गराउने उदेश्यका साथ अभिमुखी कार्यक्रम गर्दै आएको छ ।
साझा नेपाली समाज युकेका अध्यक्ष नारायण फुयालको सभापतित्वमा नेपालबाट आउनु भएका समाजसेवी शुरेसचन्द्र भुसालको प्रमुख आथित्यमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा मिडल्याण्ड क्षेत्रका सबै नेपाली समाजिक संघसंस्थाका प्रतिनिधिहरू एवं साझा नेपाली समाजका सल्लाहाकारहरू, ट्रस्टीहरू एवं पुर्व पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शुरेस भुसाल लगायत शंकर भण्डारी,रण बहादुर खाति क्षेत्री, लक्ष्मी खराल गैरे,हरि भट्टराई, राम प्रसाद न्यौपाने, लोकनाथ अधिकारी,डा. राजु सापकोटा, श्रीमति बिष्णु खरेल, केशब भण्डारी,महेश अधिकारी, दिपक सापकोटा, कृण्ण प्रसाद शर्मा, गंगाधर गौतम, राजु कंडेल, दयानिधि सापकोटा, कमल भण्डारी, गोमा पौडेलले साझा नेपाली समाजको समाजिक कार्यको सराह्रना गर्दै विभिन्न सुझावहरू दिएका थिए ।
समाजका महासचिव शशांक शर्माले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं उपाध्यक्ष शीव खरालले स्वागत मन्तव्य, उपाध्यक्ष शुरेश केसी र सदस्य दीपक शर्मा पौडेलले कार्यसमितिका गतिविधिबारे अवगत गराएका थिए ।
औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष नारायण फुयालले साझा नेपाली समाजलाई सबैको साझा समाज बनाउने र सबैको सुझावलाई समटेर अघि बढाउने प्रतिवद्धता गर्दै सबै सहभागीहरूलाई धन्यवाद दिनु भयो ।
औपचारिक कार्यक्रमपछि नेपालबाट आएका रास्ट्रीय कलाकार शोभा त्रिपाठी र सपना रोकाले लोक एवं दोहोरी गीतमा सबैलाई मनोरन्जन प्रदान गराएका थिए । पिटरवोरो भजन मण्डलीले भजनकिर्तनको प्रस्तुति दिएका थिए । कलाकारहरूको धमाकेदार प्रस्तुतिमा मिडल्यान्डवासीहरु सांगीतिक मनोरन्जन लिदै नाचगान गरेका थिए ।

हालै पिटरवोरो नेपाली समाजले संचालनमा ल्याएको स्टाफफोर्ड हलमा संचालन गरिएको उक्त भेटघाट र सांस्कृतिक सांझ कार्यक्रममा पिटरवोरो नेपाली समाजका ट्रस्टी संयोजक केशव खतिवडाले नेपाली खानाको र अन्य सदस्यहरूले हल व्यस्थापनामा सहयोग गरेका थिए ।
सल्लाहाकारहरूलाई प्रमाणपत्र र कलाकारहरूलाई सम्मानपत्र दिएर साझा नेपाली समाजको तर्फबाट सम्मान गरिएको थियो।







