लन्डन ।नेप्लिज ब्रीटिस कमुनिटी स्थापन भएको १६ बर्ष पूरा भएको छ। एनबीसी यूकेले एआईको प्रयोग, त्यसले ल्याएका “डिजिटल प्रविधिसिक्दै १६ औं स्थापना दिवस मनाएको छ।
आइतबार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा केक काटेर हर्षोल्लासका साथ मनाएको हो । सोही अवसरमा संस्थाको वार्षिक साधारणसभा पनि भएको हो ।

कम्युनिटी अध्यक्ष समिरनाथ प्याकुरेलको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रम सचिव दामोदर आचार्यले सञ्चालन गरेका थिए
अध्यक्ष प्याकुरेलले संस्थाले हालसम्म गरेका प्रमुख गतिविधिबारे जानकारी दिदै प्याकुरेलले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा कोषाध्यक्ष खेमराज जोशीले आय-व्यय विवरण प्रस्तुत गरेका थिए ।संस्थापक अध्यक्ष कमल पौडेलले आइ लभ यु अल भन्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा संस्थापक अध्यक्ष कमल पौडेल पूर्व अध्यक्ष कमल खनाल,मिलन घिमिरे राजेन्द्र ओझा लगायत दिदीबहिनी तथा दाजुभाइ गरी एक सय भन्दा बढीको उपस्थिति रहेको थियो।
कार्यक्रममा किट्टी हुनगले एआई: अवधारणादेखि व्यवहारिक प्रयोगसम्म,कृत्रिम बुद्धिमत्ताले ल्याउँदै गरेको प्रभावबारे व्यापक जानकारी दिदै तीव्र रूपमा विकसित भइरहेको एआइको चुनौती अवसर र प्रयोगबारे सबैलाई संक्षिप्तमा जानकारी दिएकी थिइन् ।
किट्टीको प्रस्तुति पश्चात सहभागीहरूबीच प्रश्न–उत्तर सत्र पनि सम्पन्न भएको थियो ।
एनबीसी यूकेले आगामी दिनमा यस्ता किसिमका सिकाइमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







