लन्डनको प्लमस्टेडमा प्रदर्शन हुँदै चलचित्र ‘गौरी शंकर’

लन्डन।बेलायतका विभिन्न शहरहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘गौरी शंकर’लन्डनको प्लमस्टेडमा प्रदर्शन हुने भएको छ।

नेपालमा छायांकन गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौरी शंकर’  कार्डिफ र अल्डरसटमा भव्य प्रदर्शन र दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि अब यो चलचित्र लन्डनको प्लमस्टेडमा प्रदर्शन हुने भएको हो।

गौरी शंकर’ १५ फ्रेब्रवरी आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चलचित्रका दुईवटा शोहरू प्लमस्टेडस्थित गोर्खा  क्याप्रिकनमा प्रदर्शन हुने भएको हो।

चलचित्रमा निर्देशक तथा अभिनेता आरबी खत्री, अभिनेता विनोद श्रेष्ठ र स्थानीय अभिनेत्री शोभा राणा पोखरेल लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।स्थानीय अभिनेत्रीको अभिनय रहेका कारण पनि लन्डनवासी नेपालीहरूमाझ यो चलचित्रलाई लिएर विशेष उत्साह देखिएको छ।नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली समसामयिक विषयवस्तुमा आधारित यो चलचित्रले नेपाली कला र संस्कृतिलाई विदेशमा समेत प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहले हेर्न मिल्ने गरी निर्माण गरिएको यो चलचित्रले नेपाली सिने जगतमा ऐतिहासिक ऊर्जा थप्ने विश्वास निर्माण पक्षले लिएको छ।गौरी शंकर’ परिवारले नेपाली कला र संस्कृतिप्रति माया दर्शाउँदै यो चलचित्र एक पटक हेरिदिन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेको छ। नेपाली मौलिकता जोगाउन र प्रवासमा रहेका प्रतिभाहरूलाई हौसला प्रदान गर्न यो प्रदर्शन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।आगामी महाशिवरात्रिको अवसरमा नेपालमा देशव्यापी रिलिजको तयारीमा रहेको यो चलचित्र बेलायतवासी नेपाली दर्शकहरूका लागि विशेष शोमार्फत देखाइँदै आएको हो।

चलचित्रसम्बन्धी थप जानकारी र टिकट बुकिङका लागि यहाँ क्लिक गर्नुहोला।टिकट अनलाइन र भौतिक दुवै माध्यमबाट उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *