लण्डनमा पहिलो’नेपाल स्विमिङ गाला’ पौडी प्रतियोगिता

पानीमै चम्कियो नेपाली प्रतिभा, नोर्थोल्टमा पहिलो ‘नेपाल स्विमिङ गाला’

लन्डन- बेलायतस्थित नेपाली समुदायका लागि पहिलोपटक आयोजना गरिएको सामुदायिक पौडी प्रतियोगिता ‘नेपाल स्विमिङ गाला २०२५’ शनिबार साँझ सम्पन्न भएको छ। नोर्थोल्टस्थित स्विमिङ पूलमा साँझ ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भएको प्रतियोगितामा बालबालिकाको उत्साहजनक सहभागिता देखिएको थियो।

नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेको आयोजनामा तथा नेपाल रन यूके, स्विमर्सबोल्ट्स र एनएनआईपीए यूकेको सहकार्यमा सम्पन्न प्रतियोगितामा करिब ४० जना बालबालिकाले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित ओलम्पिकमा सहभागी भएकी नेपालकी चर्चित पौडी खेलाडी गौरिका सिंहले बालबालिकालाई हौसला दिँदै शुभकामना व्यक्त गरिन्। उनले सानो उमेरदेखि नै खेलकुदप्रति लगाव र अनुशासन विकास गर्न सके भविष्यमा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकिने बताइन्।

गौरिका तिनै हुन् जसले सन् २०१६ मा आयोजित रियो ओलिम्पिक्समा सबैभन्दा कान्छी खेलाडीको रुपमा भाग लिएकी थिइन् । सन् २०१९ मा नेपालमा आयोजित साउथ एसियन गेम्समा स्विमिङ्गतर्फ नेपालका लागि चार स्वर्ण पदक जितेकी गौरिकाको उपस्थितिले प्रतियोगितामा भाग लिन आएका ६ वर्षीया बालिकादेखि वयस्क समेत उत्साहित भए ।

प्रतियोगितामा बेलायतमै हुर्किएका नेपालीमूलका बालबालिकाको उत्साहजनक सहभागिता थियो ।

नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेको आयोजना तथा नेपाल रन यूके, स्विमर्सबोल्ट्स र एनएनआइपीए यूकेको सहकार्यमा आयोजित प्रतियोगितामा करिब ४० जना बालबालिका तथा वयस्कले विभिन्न विधामा प्रतिस्पर्धा गरे।

एनबीसी यूकेका अध्यक्ष तथा संयोजक समिरनाथ प्याकुरेलले बेलायतमा नेपाली बालबालिकाले पौडी सिके पनि आफ्नो सीप प्रदर्शन गर्ने मञ्चको अभाव रहेको उल्लेख गर्दै त्यसै आवश्यकतालाई सम्बोधन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए।

नेपाल रन यूकेका प्रमुख कोच सन्तोष राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रायोजक, सहकार्य गर्ने संस्थाहरू र स्वयंसेवकहरूलाई धन्यवाद दिँदै खेलकुदमार्फत समुदायमा स्वास्थ्य सचेतना जगाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रम निर्देशकसमेत रहेका राईले सबैको सक्रिय सहभागिताका कारण नेपाल स्विमिङ गाला २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाली स्विमिङ गाला २०२५ को नतिजा (सूची सहित)

केटीहरू (१०–११ वर्ष) ५० मिटर फ्रिस्टाइल
१. आश्लेषा श्रेष्ठ – ५२.७३ सेकेन्ड
२. नोभा श्रेष्ठ – ५८.५४ सेकेन्ड
३. मेलिसा गुरुङ – ५८.८२ सेकेन्ड
केटाहरू (१०–११ वर्ष) ५० मिटर फ्रिस्टाइल
१. कृष भुसाल – ४९.७० सेकेन्ड
२. वियान मेघानी – ५४.७३ सेकेन्ड
३. विशान मेघानी – १ मिनेट १० सेकेन्ड
केटीहरू (१२–१३ वर्ष) ५० मिटर फ्रिस्टाइल
१. आर्या नेपाल – ३६.९४ सेकेन्ड
२. डारिया खनाल – ५१.४९ सेकेन्ड
३. आयुष्मा राई – ५९.०८ सेकेन्ड
केटाहरू (१२–१३ वर्ष) ५० मिटर फ्रिस्टाइल
१. सामुएल चाम्लिङ राई – २८.०८ सेकेन्ड
२. आयान प्रसाईं – ३६.८० सेकेन्ड
३. प्रबेक लिम्बु – ३९.०९ सेकेन्ड
केटीहरू (१४–१५ वर्ष) १०० मिटर फ्रिस्टाइल
१. कृतिका बस्याल – २ मिनेट ०६ सेकेन्ड
२. पूरा गर्न नसकेको (DNF)
३. पूरा गर्न नसकेको (DNF)
केटाहरू (१४–१५ वर्ष) १०० मिटर फ्रिस्टाइल
१. अश्विन थापा – १ मिनेट ००.१७ सेकेन्ड
२. सफल महर्जन – १ मिनेट ०८ सेकेन्ड
३. पूरा गर्न नसकेको (DNF)
महिला (१६ वर्ष माथि) १०० मिटर फ्रिस्टाइल
१. कञ्चन नेपाल – १ मिनेट १५.२१ सेकेन्ड
२. मनिषा लिम्बु – १ मिनेट ५१.९३ सेकेन्ड
३. सुष्मा गुरुङ – २ मिनेट १५.८० सेकेन्ड
पुरुष (१६ वर्ष माथि) १०० मिटर फ्रिस्टाइल
१. फराज मोहम्मद – ५७.९६ सेकेन्ड
२. लेख गुरुङ – १ मिनेट १२.८३ सेकेन्ड
३. ओलिमिडे कोमोलाफे – १ मिनेट ५५.७० सेकेन्ड
________________________________________
ब्याकस्ट्रोक
केटीहरू (१०–११ वर्ष) ५० मिटर ब्याकस्ट्रोक
१. मेलिसा गुरुङ – ५९.८८ सेकेन्ड
२. आश्लेषा श्रेष्ठ – १ मिनेट ००.६७ सेकेन्ड
३. ग्रेस महर्जन – १ मिनेट १९.२० सेकेन्ड
केटाहरू (१२–१३ वर्ष) ५० मिटर ब्याकस्ट्रोक
१. सामुएल चाम्लिङ राई – ३३.५० सेकेन्ड
२. आयान प्रसाईं – ४२.५३ सेकेन्ड
३. मयसुन गुरुङ – ५८.७७ सेकेन्ड
केटीहरू (१२–१३ वर्ष) ५० मिटर ब्याकस्ट्रोक
१. कञ्चन नेपाल – ४०.८४ सेकेन्ड
२. आर्या नेपाल – ४४.५४ सेकेन्ड
३. डारिया खनाल – ५९.१४ सेकेन्ड
पुरुष (१६ वर्ष माथि) १०० मिटर ब्याकस्ट्रोक
१. अश्विन थापा – १ मिनेट ०९.८६ सेकेन्ड
२. फराज मोहम्मद – १ मिनेट ११.६९ सेकेन्ड
३. लेख गुरुङ – १ मिनेट ३४.७७ सेकेन्ड
________________________________________
ब्रेस्टस्ट्रोक
केटीहरू (१०–११ वर्ष) ५० मिटर ब्रेस्टस्ट्रोक
१. आर्या नेपाल – ५२.०० सेकेन्ड
२. आश्लेषा श्रेष्ठ – १ मिनेट ११.७२ सेकेन्ड
३. नोभा श्रेष्ठ – १ मिनेट २७.६३ सेकेन्ड
केटाहरू (१२–१२ वर्ष) ५० मिटर ब्रेस्टस्ट्रोक
१. अश्विन थापा – ३६.२७ सेकेन्ड
२. सामुएल चाम्लिङ राई – ३७.७७ सेकेन्ड
३. मयसुन गुरुङ – १ मिनेट ०७.११ सेकेन्ड
महिला (१६ वर्ष माथि) १०० मिटर ब्रेस्टस्ट्रोक
१. कञ्चन नेपाल – १ मिनेट ४३.०३ सेकेन्ड
२. सुष्मा गुरुङ – २ मिनेट १७.९१ सेकेन्ड
३. इन्ग्रिड डियास – २ मिनेट ५८ सेकेन्ड
पुरुष (१६ वर्ष माथि) १०० मिटर ब्रेस्टस्ट्रोक
१. फराज मोहम्मद – १ मिनेट १८.३९ सेकेन्ड
२. लेख गुरुङ – १ मिनेट ४५.७२ सेकेन्ड
३. अमृत श्रेष्ठ – २ मिनेट १७.९३ सेकेन्ड
________________________________________
बटरफ्लाइ
केटीहरू (१२–१३ वर्ष) ५० मिटर बटरफ्लाइ
१. आर्या नेपाल – ४६.१२ सेकेन्ड
२. आश्लेषा श्रेष्ठ – १ मिनेट १२.६८ सेकेन्ड
केटाहरू (१२–१३ वर्ष) ५० मिटर बटरफ्लाइ
१. अश्विन थापा – ३०.१० सेकेन्ड
२. सामुएल चाम्लिङ राई – ३०.२४ सेकेन्ड
३. आयान प्रसाईं – ४६.३९ सेकेन्ड