लन्डन । सोंपाल समाज यूकेले आफ्नो पहिलो हाउजिङ च्यारिटी नाइटमार्फत १ लाख पाउण्ड संकलन गर्न सफल भएको छ। आर्थिक संकलन भएसँगै समाजको आफ्नै घर किन्ने सपना पूरा हुने निश्चित भएको छ ।
शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष जगदीशकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम संयोजक तथा उपाध्यक्ष भरत गुरुङले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै च्यारिटी डिनरमार्फत १ लाख पाउण्ड रकम संकलन गरिएको जानकारी दिएका थिए।
कार्यक्रम संयोजक उपाध्यक्ष भरत गुरुङ, दान संकलन डेस्कमा बस्नु हुने समाजको ट्रष्टी भू पु अध्यक्ष युक्त बहादुर गुरुङ र सल्लाहकार प्रताप गुरुङ तथा कोषाध्यक्ष श्रीमती रविना गुरुङको जानकारी अनुसार १ लाख बढी संकलन गरिएको जानकारी दिएका थिए

समाजका महासचिव क्या. मोहन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने अम्शु गुरुङले सह–सञ्चालन गरेकी थिइन्। कार्यक्रमका क्रममा चन्द्र गुरुङले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।
आमा समूहकी मनदेवी गुरुङ,संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ नेतृत्वको समूहले सामूहिक स्वास्थ्य भजन प्रस्तुत गरी कार्यक्रममा सांगीतिक रंग थपेको थियो। साथै, सोंपाल समाजकै कलाकारहरूले आकर्षक गीत–संगीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,पेलु संघ युकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 
सो अवसरमा संस्थापक अध्यक्ष विजय गुरुङ, पूर्व अध्यक्ष प्रेम गुरुङ, राम गुरुङ, चन्द्र व. गुरुङ, युक्त गुरुङ, श्रीप्रसाद गुरुङ लगायतले आफ्नो विचार व्यक्त गर्दै समाजको “आफ्नो घर” निर्माण गर्ने अभियानलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका थिए।
तमु धीं यूकेका महासचिव डा विशाल गुरुङ,एनआरएनए यूकेका प्रमुख सल्लाहकार डा. भीम पुन, मेजर कुमार गुरुङ, तमुधी लन्डनका महासचिव विशाल (रक) गुरुङले संकलित रकमको चेक हस्तान्तरण गर्दै समाजको घर निर्माणको सपना पूरा भएकोमा खुसी व्यक्त गरे ।
समाजका ट्रष्टी डेविड गुरूङले पनि ठूलो मिहिनेतको फलस्वरूप संस्था घर निर्माणको संघारमा आएको बताए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल पार्ने सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै सोंपाल समाजको दीर्घकालीन सपना बेलायतमै आफ्नै हाउजिङ परियोजना निर्माण अब वास्तविकता बन्ने विश्वास व्यक्त गरे।
संयोजक भरत गुरुङले पनि उक्त अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद दिंदै हाउजिङ परियोजना सफल बनाउन निरन्तर साथ र सहयोगको अपील गरेका थिए।
सन् २००८ मा स्थापित सोंपाल समाज यूके हाल बेलायतमा च्यारिटी संस्थाको रूपमा दर्ता भएको छ। समाजले प्रवासी सोंपाल समुदायबीच एकता, सहयोग र सांस्कृतिक सम्पर्कलाई सुदृढ बनाउँदै आएको छ। सोंपाल समाज स्याङ्जाको दरौं, माझु-बेझाङ र सिरुबारी गाउँबाट बेलायतमा आएर बसेकाहरु संगठित सामाजिक संस्था हो । 











