नमस्ते नेपाली कम्युनिटी यूके साउथ वेस्ट लण्डनको दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न

लण्डन ! साउथ वेस्ट लण्डन नमस्ते नेपाली कमिनिटि ले आयोजना गरेको दशैं बिशेष कार्यक्रम यही २८ सेप्तेम्बेर २०२५ का दिन, बेलायतका लागि महामहिम नेपाली राजदूत श्री चन्द्रकुमार घिमिरे ज्यू को प्रमुख आतिथ्यमा भव्यताका साथ, मिचाम को चक ८९ को बेन्कुट हलमा सु-संम्पन भयो |
सो कार्यक्रममा सटन काउन्सिलर तथा डेपुटि मेअर कुमार सहथेवनको पनि उपस्थिति थियो | दशैं को शुभकामना आदान प्रदान गर्न आयोजना गरियको यस कार्यक्रमको अध्यक्ष्यता समाजका अध्यक्ष्य श्री बिमल कुमार रोक्का ज्यू ले गर्नु भयको थियो भने कार्यक्रमको संचालन संस्थाका महासचिब श्रीजा डंगोल, सचिब लुनी चुनचुन र सदस्य प्रकाश बस्नेतले गर्नु भयको थियो |
उक्त कार्यक्रममा नेपाली राजदूत घिमिरे ज्यू ले सहभागि सबैलाई शुभकामना सन्देश दिदै संस्थाले गरेको प्रगति र आयोजना गर्ने गरेका यस्ता सामाजिक कार्यक्रमहरुको प्रसंसा गर्नु भयको थियो, साथै बेलायतमा बसेर पनि नेपालको चाडपर्व, भाषा र संस्कृतिलाई जीवित राख्दै आगामी पुस्तालाई आफ्नो धरोहर हस्तान्तरण गर्नुभएको कार्य अत्यन्तै प्रशंसनीय व्यक्त गर्नुभयो |
सटन काउन्सिलका डेपुटि मेअर सहथेवन ले दशैं कार्यक्रमको सुभकामना दिदै नेपालीहरु को यो संस्थाले यस क्षेत्रमा र सटन काउन्सिल संग गर्ने गरेका सहकार्यहरुको उल्लेख गर्दै संस्थाले गरेका महत्वपूर्ण सामाजिक कामहरुको प्रसंशा गर्नु भयको थियो |
समाजका संस्थापक अध्यक्ष्य तथा संरक्षक श्री प्रेम खड्का ले उपस्थित सबैलाई दशैंको सुभकामना दिदै संस्थाको स्थापनाकाल २०१९ देखि नै संस्था ले यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय बीच शुख: दुख: मा सहयोग गर्नुको साथै नेपाली कला, संस्कृतिको जगेर्ना गर्न अग्रणी भूमिका खेल्दै आयको र अन्य सामाजिक संघ संस्थाहरु संग पनि सहयोग र सहकार्य गर्दै आयको कुरा जानकारी गराउनु भयको थियो |
उक्त कार्यक्रममा संस्थाले सटन काउन्सिल संगको सहकार्यमा आयोजना गरियका कार्यक्रममा सहभागि कलाकारहरु लाई र बेलायतका विभिन्न शैक्षिक संस्थाहरुबाट GCSC, A-Level मा उत्कृस्ट मार्क ल्याउने नेपाली विधार्थीहरु लाई राजदूत घिमिरे ज्यू ले प्रसंशा पत्र तथा उपहार प्रदान गर्नु भयको थियो |
कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न विभिन्न कलाकारहरुले नेपाली कला भेषभुषा झल्कने नृत्य तथा गीतहरु प्रस्तुत गर्नु भयको थियो | २०० भन्दा बढी सहभागि रहेको यो बडा दशैं २०८२ को कार्यक्रम दिउसो ४ बजे देखि बेलुका १० बजे सम्म चलेको थियो |
अन्त्यमा, संस्थाका अध्यक्ष श्री बिमल कुमार रोक्का ज्युले संस्थालाई निरन्तर योगदान पुर्‍याउने संस्थाका कार्यकारी समिति का सदस्यहरू, सल्लाहकारहरू तथा उपस्थित सबै कार्यक्रमका सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। यस अवसरमा उहाँले संस्थाका विविध प्रयास र योगदानहरूको महत्वलाई स्मरण गर्दै, सहभागीहरूको सक्रिय सहभागिता र उत्साहप्रति आफ्नो गहिरो कृतज्ञता प्रकट गर्नुभयो |