बेलायतको स्वीन्डनमा रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै बेलायतमा पनि हस्ताक्षर अभियान सुरु गरेको छ। रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।

रास्वपाका युवा नेता ज्ञान प्रसाद गुरुङले रविमाथि अन्याय गरिएको भन्दै हस्ताक्षर अभियान सुरुवात गरिएको बताए। नेता गुरुङका अनुसार बेलायतको स्वीन्डनमा हस्ताक्षर अभियान सुरुवात गरिएको बताए ।

बेलायतमा रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको हस्ताक्षर अभियानले व्यापक समर्थन पाएको छ ।उनीहरुले लामिछानेविरुद्ध राज्यले बढी नै अन्याय र अत्याचार गरेको भन्दै प्रतिशोधको राजनीतिक गर्न नहुने भनेर ऐक्यबद्धता जनाएका थिए।स्वीन्डनमा ऐक्यबद्धता डेस्क सञ्चालन गरेर सुरु गरिएको अभियानमा रास्वपा सदस्य ज्ञान प्रसाद गुरुङ,गोपाल गुरुङ देवबहादुर गुरुङ,रिगल प्रसाद वाइजो, क्याप्टेन आइता राम गुरुङ, क्याप्टेन दिपक घले, योगेश भण्डारी,प्रेम सिहॅ गुरुङ लगायतले बेलायतमा हजारौ जनताको हस्ताक्षर संकलन गरिने बताए। रास्वपाले अहिलेको सरकारले पाटी सभापतिमाथि गरेको अन्याय जनताले बुझिसकेकाले जनलहर आफूहरूतिरै बढेको दाबी गरेको छ।