हाम्रो क्लवले तीज कार्यक्रम गर्दै

सिड्नी । हाम्रो क्लव अस्ट्रेलियाले तीजको अवसरमा पारेर ओरन पार्क लाइब्रेरी हलमा हाम्रो तीज कार्यक्रम गर्ने भएको छ  । सिड्नीको ओरन पार्क क्षेत्रमा सक्रिय क्लवले विभिन्न सांस्कृतिक, खेलकुद, तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हो   । त्यस्तै नेपालीहरुको चाड तीज को अवसरमा हाम्रो तीज कार्यक्रम गर्न लागिएको क्लवका संस्थापक मध्येका एक सदस्य बिनोद लम्सालले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए ।

२४ अगस्ट आइतबारका दिन दिउँसो १२ बजेबाट बेलुका ४ बजेसम्म चल्ने कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरू चोलेन्द्र पौडेल र लक्ष्मी मल्लको विशेष सांस्कृतिक प्रस्तुति रहनुका साथै नेपाली खानाका परिकारहरु रहने लम्सालले बताए । कार्यक्रम स्थानिय क्याम्डेन काउन्सिल र बिभिन्न  विभिन्न व्यवसायहरूको सहयोगमा  गर्न लागिएको जनाइएको छ।