सिड्नी । साउथ वेस्ट नेपलिज कम्युनिटी सिड्नीले तीजको अवसर पारेर भव्य तीज साँझ कार्यक्रम सम्पन्न गरेको छ । ८ अगस्ट शुक्रबार ग्रेग पर्सिबल कम्युनिटी सेन्टरमा साउथ वेष्ट तीज साँझ सम्पन्न भएको हो । कार्यक्रममा क्याम्डेन काउन्सिलकी उपमेयर थेरेसे फेडेलीको प्रमुख आतिथ्यता रहेको थियो । 

साउथ वेष्ट नेपलिज कम्युनिटीका अध्यक्ष चतुर्भज खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम गौतमको स्वागत मन्तव्य रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव प्रकाश पौडेलले गरेका थिए । कार्यक्रममा क्याम्डेन काउन्सिल उपमेयर थेरेसे फेडेलीले बढ्दै गएको समुदायकाबीच यस कम्युनिटीले गरेको काम निकै प्रशसंनीय रहेका बताइन् । 

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले तीज पर्व सहित नजिकिँदै गरेका नेपालीहरुका पर्वहरुको शुभकामना व्यक्त गरे ।उनले तीज पर्वले सजाएको रंगहरुजस्तै नेपालीहरुको जीवन पनि रंगिन बनेको बताए ।
कार्यक्रमका मुख्य प्रायोजक ड्यानियलले कार्यक्रमलाई प्रायोजन गर्न लाउँदा खुसी लागेको भन्दै यस्तै कार्यक्रममा आफ्नो कम्पनीले सहयोग गर्दै जाने बताए । एनआरएनए अस्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङले यस्ता कार्यक्रमले सबै समुदायलाई समेटेर अगाडी लैजाने बताए ।
साउथ वेस्ट नेपलीज कम्युनिटीका प्रवक्ता चन्द्र ढकालले कार्यक्रममा उपस्थित तथा प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बोल्दै साउथवेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेलले कार्यक्रमको मुख्य उद्देश्य नेपालीहरूको चाड तीज मनाउनुको साथै नेपालको गुल्मी, मुसिकोटको दल्का माध्यमिक विद्यालयका विपन्न छात्र–छात्राहरूका सहयोगका लागि आर्थिक संकलन रहेको बताए।

कार्यक्रममा क्याम्डेन काउन्सिलकी काउन्सिलर एलिजा रहमान, साउथ वेष्ट नेपलिज कम्युनिटीका पूर्व अध्यक्षहरु डा.देवेन्द्र सापकोटा,सुदीप ढकाल, पब्लिक अफिसर ईश्वरी खनाल,सचिव कमल प्रसाद भण्डारी,कोषाध्यक्ष हेमा भण्डारी,सदस्य पुनम भुषाल, महिला संयोजक चन्दना पौड्याल, प्रेम शाह लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा प्रायोजक तथा कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग पुर्याउने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो। औपचारिक कार्यक्रम पछि सुरु भएको सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको संचालन उषा किरण बरियाले गरेकी थिइन । कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी कलाकार मिलन लामा,श्याम राना, सम्झना भण्डारी, स्थानीय कलाकार स्वस्तिका ढकालको बेजोड तीज विशेष प्रस्तुती रहेको थियो ।