लण्डन । धादिङ–नुवाकोट समाज यूकेको १९ जुलाईमा हुने बार्षिक कार्यक्रमका प्रमुख अतिथि नेपालको बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) बेलायत आएका छन्
पारिवारिक कामको सिलसिलामा करिब दुई हप्ताको लागि मुख्यमन्त्री तामाङ प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बिहीबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन् । 
उनीहरुको स्वागतमा नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन पाख्रिन तामाङ,महासचिब बुद्धि बहादुर तामाङ,तामाङ समाज यूकेका निवर्तमान अध्यक्ष कुमार तामाङ, धादिङ–नुवाकोट समाज यूकेका क्षेत्रीय प्रतिनिधि देवान तामाङ, इन्जिनियर दावा तामाङलगायत हिथ्रो पुगेका थिए ।
हिथ्रोमा लण्डन नेपाल न्युज सँग मुख्यमन्त्री तामाङले आफू छोरीको कन्भोकेसन सेरोमनीका लागि आए पनि नेपाली संघसंस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने बताए । उनले आफूहरुको स्वागतका लागि हिथ्रोमा आएका सबैलाई धन्यवाद दिँदै बेलायतमा रहेर नेपाली राजनीति, संस्कार, संस्कृतिको विकास र संरक्षणका लागि भइरहेको प्रयत्नप्रति आभार व्यक्त गरे । 
जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले मुख्यमन्त्री तामाङ पारिवारिक कामका लागि आएपनि संगठनले १९ जुलाईमा उनको स्वागत तथा सम्मान कार्यक्रम राखेको जानकारी गराए । उनले कांग्रेसमा आस्थावान साथीहरुलाई उक्त कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री तामाङलाई स्वागत सम्मान र भेटघाट गर्न आग्रह गरे । कार्यक्रमको स्थान र समयबारे सामाजिक सञ्जालमार्फत पछि जानकारी दिने उनको भनाइ थियो । मुख्यमन्त्री तामाङ र प्रमुख स्वकीय सचिव लामालाई बेलायतमा स्वागत गर्दै बेलायत भ्रमण सुखद् र सफल रहोस् भन्ने शुभकामना दिए ।

को हुन् मुख्यमन्त्री बहादुर सिंह लामा
कांग्रेस भित्र बीच लोकप्रिय र अन्य दलका कार्यकर्ताको पनि मन जित्न सफल सालिन नेता बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् ।
गर्विलो राजनीतिक इतिहास बोकेका लामाले आफुलाई दिगो विकास र समृद्धिका नायकका रुपमा स्थापित गर्दै संघियतालाई संस्थागत गर्दै प्रदेश संरचनाको महत्व बढाउने गहन जिम्मेवारीमा पुगेका छन् ।
यस वर्ष धादिङ–नुवाकोट समाज यूकेको ‘समर बीबीक्यू भेटघाट धमाका विभिन्न सांगीतिक कार्यक्रम, डिएनएस फुटबल कप प्रतियोगिता,राफल ड्रसहित बीबीक्यू भेटघाट हुने लागेको हो । कार्यक्रम क्रान्सफोर्ड कम्युनिटी कलेज होन्स्लोमा हुनेछ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि र स्वर्ण पदक विजेता राष्ट्रिय कुङ्फु खेलाडी सरिना घलेलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिने धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन तामाङले जानकारी दिए । उनका अनुसार फुटबल खेल बिहान साढे ८ देखि दिउँसो साढे १ बजेसम्म र सांस्कृतिक कार्यक्रम २ बजेदेखि मध्यरातसम्म हुनेछ ।
कार्यक्रममा राष्ट्रिय लोककोदोहोरी गायिका देवी घर्तीमगर,जिल्लावासी राष्ट्रिय कलाकारद्वय पबित्र गुरुङ र लक्ष्मी खड्का,भर्सटाइल बहुप्रतिभाशाली गायक कुमार योन्जनको विशेष प्रस्तुति रहने अध्यक्ष तामाङले बताए ।
डीएनएस फुटबल कप प्रतियोगिता २०२५ को संयोजक थमु वाइबा छन् । युवाहरूको प्रोत्साहनका लागि खेल आयोजना गरिएको हो ।
स्थानीय प्रतिभा र सांस्कृतिक प्रस्तुतिमा संस्थाका भान्जा–भान्जीहरूको धमाकेदार प्रस्तुति,संस्कृतिक संयोजक कृष्ण पाख्रिनको धारबाहिक कार्यक्रम हुनेछ।
राफल ड्रमा सुनका आकर्षक पुरस्कारहरू रहेका छन् । १ तोला सुन प्रायोजन लामा ज्वेलर्स अल्डरसटका दीपेश लामा, १/२ तोला सुन कमन एन्ड को एन्ड बुद्ध कन्ट्रक्सन फेल्थामका कमान, सुनिता, पेम्बा र तुली तामाङ र सुनको चन्द्रमा जयश्रीकृष्णा ज्वेलर्स साउथ ह्यारोका प्रकाशले गर्नेछन् ।
कार्यक्रममा सहभागीलाई द ग्रेट गोर्खा रेस्टुरेन्टले स्वादिस्ट बीबीक्यू र नेपाली थाली डिनर व्यवस्थापन गर्नेछ ।
बृहत् सांगीतिक र सांस्कृतिक उत्सवमा सहभागी भई सफल बनाउन आयोजकले नेपाली समुदायलाई निमन्त्रणा गरेको छ।
कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ।






