सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद गणेश पराजुली अस्ट्रेलिया आईपुगेका छन् । पार्टीको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन उनी अस्ट्रेलिया आएका हुन् ।

रास्वपाको विदेश स्थित भातृ संस्था प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले रास्वपाको स्थापना दिवसको अवसरमा शुभकामना सहितको विशेष कार्यक्रम आयोजना गरेको छ । जुन २१ तारिख सिड्नी स्थीत हिमालयन ग्रिल मेरील्याण्ड्स र २२ तारिख मेलवर्नमा उक्त कार्यक्रमको आयोजना गरिएको छ । पराजुली ती दुवै कार्यक्रम सहित अन्य आन्तरिक भेटघाट तथा पार्टी सम्बद्ध व्यक्तिहरुसंग भेटघाटमा रहनेछन् । कार्यक्रममा पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिबारे विशेष संवाद सहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले जनाएको छ । कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण अस्ट्रेलियामा रहेका नेपालीहरुलाई मञ्चले आग्रह समेत गरेको छ ।







