प्रवासी नेपाली मंच यूकेको अध्यक्षमा पशुपति पोखरेल निर्बाचित अरु पदमा को को आए ?

लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । एमाले महासचिव शंकर पोखरेल र बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले अधिवेशनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

पार्टीको नवौं राष्ट्रिय अधिवेशनले नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्षमा पशुपति पोखरेल सर्वसम्मत चयन भएका छन् ।

बेलायतको लेस्टरमा आइतबार १५ जूनमा भएको मञ्चको नवौं अधिवेशनले पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित गरेको हो । पोखरेल यसअघि मञ्चमा उपाध्यक्ष थिए । मञ्चको उपाध्यक्षहरुमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं छन् । सचिवमा गंगा क्षेत्री, उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानियाँ चुनिएका छन्।

त्यस्तै, सदस्यहरुमा शम्भूप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ छन् । रिक्त एक उपसचिव पछि मनोनित गरिने भएको छ ।

नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई मञ्चको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराएका थिए । प्रमुख अतिथि एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेल लगायतका नेताले बधाई तथा शुभकामना दिएका थिए ।
अधिवेशनमा पोलिटव्युरो सदस्य सुजिता शाक्य, ओएनएफ अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा, युरोपबाट सन्तोष भट्टराई लगायत ओएनएफ यूकेका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु र कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो।