सिड्नी । अस्ट्रेलियामा जारी सेभेन साइड बुद्धकप फुटबल प्रतियोगीताको उपाधी सेन्ट जर्ज नेप्लिज क्लवले जितेको छ । तमु समाज अस्ट्रेलियाको आयोजनामा हालै सम्पन्न प्रतियोगीताको उपाधी चुमेको सेन्ट जर्जले फाइनलमा माछापुच्छ्रे एफसीलाई हराएको हो । भगवान गौतम बुद्धको २५६९ औँ जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगीताले बुद्ध जन्मेको देश नेपाल भएको सन्देश समेत प्रवाह गरेको तमु समाज अस्ट्रेलियाका अध्यक्ष हिउपति गुरुङले जानकारी दिए ।

उनले खासगरी बुद्ध जयन्तीको अवसरमा विगतका वर्षहरु देखि नै यस्ता कार्यक्रम आयोजन गर्ने गरिएको भन्दै यसले नेपाली समुदायको गौरव अस्ट्रेलियामा स्थापित गर्ने धारणा व्यक्त गरे । प्रतियोगीता तर्फ उत्कृष्ट खेलाडी सेन्ट जर्जका डेविड कुमाल र म्याच दी म्याचको उपाधीबाट गौतम श्रेष्ठ पुरस्कृत भए । त्यस्तै रुपम लामा वेस्ट फरर्वाड र निश्चल शाही ठकुरी उत्कृष्ट गोलरक्षकबाट पुरस्कृत भए । विधागत पुरस्कार तर्फै माछापुच्छ्रेबाट रितिक खड्का उत्कृष्ट मिडफिल्डर तथा अंकित थापा उत्कृष्ट रक्षकको रुपमा पुरस्कृत भएका थिए । सोही अवसरमा आयोजना गरिएको छेलो फाल्ने प्रतियोगीता तर्फ बासु गुरुङ प्रथम र डिक्सन थापा द्धितिय भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जिव शर्माले शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी विश्वभर रहेको भन्दै नेपालका लागि यो भन्दा गौरवको विषय अरु हुनै नसक्ने बताए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्द गुरुङ, नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष लक्ष्मण गुरुङ, जीएनसीका अध्यक्ष राजीव प्रधान, एन्फाका अध्यक्ष विजय क्षेत्री, एनआरएनए ओसियानिया संयोजक दिनेश पोखरेल, एनएसडब्ल्यू पूर्व संयोजक देव गुरुङ, नेपाली समाजकी अगुवा ईन्द्रा वन, नेपाली कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत के.सी.,समाज सेवी चित्र तुम्बाहाम्फे, पूर्व नारी निकुञ्ज एनएसडब्ल्यू पूर्व संयोजक डा. समिता गुरुङ लगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।