बेलायतको धार्मिक भ्रमणमा प्रख्यात भागवत कथा वाचक माता सपना देवी

लण्डन ।धार्मिक भ्रमणमा प्रख्यात भागवत कथा वाचक माता सपना देवी लण्डन आउनु भएको छ ।

विदुषी माता सपना देवी एवं योग गुरु भजन गायक केदार तिमल्सिना २० दिनको बेलायत भ्रमणका क्रममा उहा मंगलबार लण्डन आइपुग्नु भएको हो।

उहाहरु लाई धार्मिक अभिनता अन्जना कार्की लगायतको टोलिले विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

करिब २० दिनको छैठौ पटकको बेलायत भ्रमणका क्रममा पनि भजन सत्सङ्ग कार्यक्रमहरु लन्डनको देखि स्कटल्याण्ड बर्मिङ्गम सम्म रहेको छ ।

तमुधिं यूकेको आयोजनामा यही २५ मे आइतबार हुन गइरहेको २३ औँ संस्करणको गोर्खा कपमा पनि माताको आतिथ्यता रहने भएको छ ।जहाँ १५ देखि २० हजार दर्शकहरू सहभागी हुने अपेक्षा गरिएको गोर्खा कप सम्भव विदेशमा बस्ने नेपालीकै उत्कृष्ट र ठुलो इभेन्टको रूपमा परिचित छ।

विदुषी माता सपना देवी एवं योग गुरु भजन गायक केदार तिमल्सिना ज्युको बेलायत सत्सङ्ग यात्रा तालिका यसरी तयार भएको छ ।

आफुलाइ पायक पर्ने स्थान पुगेर आध्यात्मिक लाभ लिन पाइने भएको छ ।

1. 25 तारीख बिहान् 9 बजे देखी 12 बजे सम्म श्री पशुपतिनाथ मन्दिर प्लम्स्टेट भजन प्रवचन एवं दिउँसो 3 बजे गोर्खा कपमा सहभागी
2. 26 may monday पुर्सोत्तम खड्का एवं दिपा खड्का गृह सत्सङ्ग
3. 30 many दिउँसो 3 बजे देखि भजन सत्सङ्ग शरण कार्की एवं अन्जना कार्की परिवार
4.31 may दिवस खाती एवं ऋषिका खाती
5. जुन 2 तारीख श्री पशुपतिनाथ मन्दिर स्कटल्याण्ड ग्लास्को
6.जुन 3 तारीख श्री दुर्गा मन्दिर बर्मिङ्गम साझ 6 बजे देखी इन्डियन मन्दिरमा सत्सङ्ग
7. जुन 4 तारीख काभ्रे समाज युकेका उपाध्यक्ष श्री रामचन्द्र अधिकारी एवं सीता अधिकारी र अजन्ता खड्का गृह सत्सङ्ग र श्री पशुपतिनाथ शनि धाम मन्दिर दर्शन कार्यक्रम रहेको छ

यसै बीच पछिल्लो समयमा दिनप्रतिदिन नेपालीहरु विदेशीने क्रम बढे संगै धार्मिक आस्था अनि विस्वास पनि बढेको अनुभुति हुन थालेको छ ।

नेपालमा धार्मिक अनुस्ठानहरु बाट सब्य समाज निर्माण एवं भौतिक मठ मन्दिर स्कुल कलेज शिवालय देवालय अस्पताल जस्ता आयोजनामा समेत आफ्नो सुमधुर वाचन कला बाट उल्लेखनीय योगदान पुर्याउदै समाजमा ख्याति कमायकी माता सपना देवी अहिले विश्वमा रहेका नेपाली माझ छाइसक्नु भएको छ।