गोर्खा समाज अष्ट्रेलियाको अध्यक्षमा योगेन्द्रराज जोशी निर्वाचित भएका छन् । संस्थाको अप्रिल २६ शनिवार सिड्नीमा सम्पन्न छैठौँ बार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा ईश्वरबाबु दाहाल, महासचिवमा राजु पोखरेल, सचिवमा कृष्ण भट्ट ,कोषाध्यक्षमा सुजन श्रेष्ठ चयन भएका छन् । त्यस्तै प्रवक्तामा ऋतु श्रेष्ठ, जनसम्पर्क अधिकारीमा सञ्जीव अमगाई ,युवा संयोजकमा अन्जन श्रेष्ठ , महिला संयोजकमा सुमित्रा मगराती चयन भएका छन् । त्यस्तै दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सविता डल्लाकोटी, उद्धव पोखरेल रेस्मा ढकाल , विनय पन्त र विजयजंग थापा लगायत सदस्य रहेका निवार्चन समितीका संयोजक डिल्ली ढकालले जानकारी गराए ।
नवनिर्वाचित अध्यक्ष जोशीले लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै आफुलाई अध्यक्ष बनाउन भुमिका निर्वाह गर्ने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्दै गोर्खा समाज अस्ट्रेलियाले थप सशक्त भएर रचनात्मक कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा एनआरएनए आइसीसीका सचिब ज्ञानेन्द्र रेग्मी, एनआरएनए अस्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङ, नेपाली समुदायका अगुवाहरु बिष्णु हमाल, मेघराज पौडेल, मुक्तीराम पोखरेल, निर्वतमान अध्यक्ष आनन्द श्रेष्ठ लगायतले गोर्खा समाजको नया नेतृत्वको सफलताको शुभकामना प्रदान गरेका थिए ।






