सिड्नी । अस्ट्रेलियाको सघिंय संसदको निर्वाचनमा लिबरल पार्टीबाट नेपाली युवा बिनोद पौडेलले सांसद पदमा उम्मेदवारी दिएका छन् । अस्ट्रेलियामा मे ३ तारिखमा हुने निर्वाचनका लागि पौडेलले प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट साउथ सिड्नीको मकाथर क्षेत्रका लागि उम्मेदवारी दिएका हुन् । चितवन स्थायी घर भएका उनी सन् २००७ मा अध्ययनका लागि अस्ट्रेलिया पुगेका थिए ।

विगत १५ /१६ वर्ष देखि अस्ट्रेलियामा कार्यरत रही विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर काम गर्दै आएका उनी एक अभियान्ता तथा उत्प्रेरक वक्ताको रुपमा समेत परिचित छन् । भने उनी त्यहाँको लिभरल पार्टीबाट राजनीतिमा समेत सक्रिय रहँदै आएका छन् । उनी सन् २०२२ मा पनि सोही क्षेत्रबाट सांसदको उम्मेदवार बनेका थिए । तर तत्कालिन समयमा उनी नयाँ भएकाले ४१ प्रतिशत मत प्राप्त गरी पराजय बन्नु परेको थियो । तर यसपटकको निर्वाचनमा भने उनको जितको चर्चा चुनाव अगावै चल्न थालेको छ ।

तत्कालिन समयमा आफु नयाँ पनि भएकाले सोचेजस्तो मत प्राप्त गर्न नसेकेको भएपनि यसपटक भने आफुले थुप्रै सामाजिक कार्यहरु गरेको र नेपालीहरुको पनि बाक्लो बसाई रहेकाले चुनाव चित्ने कुरामा ढुक्क रहेको प्रतिक्रिया दिए । अस्ट्रेलियाको संसदमा नेपालको प्रतिनिधित्व हुने कुराले सिंगो नेपाली सन्ततीका लागि वर्तमान र भविष्यमा पनि गर्वको विषय बन्ने उनको भनाई छ ।

हाल उनी उम्मेदवार बनेको साउथ सिड्नी को मकाथर क्षेत्रमा बहुभाषिक, बहुसंख्यक, बहुसांस्कृतिक व्यक्तिहरुको बसोबास रहेको र उनी सबैको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । र विभिन्न कार्यक्रममा सहभागी हुँदा अत्यन्तै राम्रो प्रतिक्रिया र सकारात्मक सोँचका कारण पनि उनको जित सुनिश्चित रहेको वताइएको छ। 







