‘लण्डन ! क्षेत्री समाज युके’को अल्डरसटमा सम्पन्न नऔं अधिवेशनबाट अध्यक्षमा क्यापटेन टेक जिसी निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षत्रयमा नरेन्द्र बस्नेत, दिल जिसी र श्रीमती प्रतिमा केसी रहेका छन्। महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ),सचिवमा आनन्द थापा, कोषाध्यक्षमा संजय ध्वज भण्डारी, सहकोषाध्यक्षमा मेजर चक्र खत्री, जनसम्पर्क सचिवमा रेशम खड्का, सांस्कृतिक सचिवमा सन्तोषी कार्की, महिला संयोजकमा माया केसी र मिडिया सचिवमा राममाया बिष्ट केसी रहेका छन् ।
सदस्यहरूमा राजु बोहोरा, महेन्द्र कुँवर, श्रीमती अन्जना थापा, श्रीमती हिमा क्षेत्री, कृष्ण थापा, श्रीमती सम्झना अधिकारी क्षेत्री, सरोज थापा, श्रीमती शिला थापा केसी र श्रीमती विमला थापा सर्वसहमत निर्वाचित भए ।
निवर्तमान् अध्यक्ष श्रीमती श्रद्धा थापाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरि नयॉ कार्यसमिति सर्वसहमत बनाउन सफल भएकोमा निर्वाचन समितिका संयोजक सल्लाहकार डा राम अधिकारी, पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रि.क्या. धन कुँवर र पूर्वअध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री लगायतले धन्यवाद दिए 







