मगर संघ यूकेको अध्यक्षमा लाल पुन निर्बाचित अरु पदमा को को आए ?

लन्डन । मगर संघ यूकेको अध्यक्षमा लाल बहादुर पुन मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यस अघि बिभिन्न पदमा बसेर सेवा गर्दै आई रहेका उनी वरिष्ठ उपाध्यक्ष थिए।शनिबार  भएको आठौँ अधिवेशनबाट लाल पुन मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

साथै बरिष्ठ उपाध्याक्षमा रुद्र थापा मगर निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट छानिएको हो । रुद्र क्याप्टेन रामबहादुर पुन मगर लाई हराउँदै विजयी बने ।उपाध्यक्षहरुमा गुमान सिङ थापामगर र विष्णु श्रीसमगर,महासचिवमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित भएका छन् ।

सचिवका लागि पनि निर्वाचन भएको थियो । प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिवमा विजयी बने ।कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेगबहादुर बुरामगर र नुनु पाइजा मगर निर्वाचित भएका छन् ।

निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आले मगरले आठौँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए ।

आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक, आर्थिक, विभागीय प्रतिवेदनलगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको मगर संघ यूकेले जनाएको छ । त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरिएको छ ।

निर्वाचन मण्डलको सचिवमा जमुना पुनमगर, सदस्यहरुमा हेमा रानामगर, विजय थापामगर र हिक्मत सिङ रॊका मगर थिए ।