सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स राज्य समितिको आयोजनामा बाल साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । मार्च २९ तारिख शनिवार झरना फंक्सन सेन्टर, रक्डेलमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियामा जन्मे हुर्केका नेपाली बालबालिकाहरुले आफ्नो सिर्जना सहित विभिन्न प्रस्तुतीहरु दिएका थिए ।

कार्यक्रममा १८ जना बालबालिकाहरुले नेपाली भाषामा आफ्नो रचना वाचन तथा आफ्नो गायन र नृत्य प्रस्तुति दिएको बताईएको छ । कार्यक्रमकै अवसरमा विगत ५ वर्षदेखि निरन्तर बाल साहित्यिक कार्यक्रममा रचना वाचन गर्दै आउनुभएका आयाम घिमिरे र श्रेया पौडेललाई नगद ४१०० र प्रसंशा पत्र सहितको “अनेसास बाल साहित्य पुरस्कार” बाट सम्मानित गरिएको थियो । भने तीन दर्जन भन्दा बढी नेपाली बाल साहित्यका पुस्तकहरु लेखिसक्नु भएका साहित्यकार सौरभ किरण श्रेष्ठले आफ्ना पुस्तकहरु प्रदर्शनीमा राखेका थिए ।

अनेसासका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्तर्राष्ट्रिय जेसिसका पुर्व उपाध्यक्ष अनुप मान सैंजूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अनेसाका संस्थापक तथा पुर्व अध्यक्ष साहित्यकार सानु घिमिरे , अनेसासका पुर्व अध्यक्ष साहित्यकार ममता तिवारी, संचारकर्मीहरु डा.राजु मानन्धर, तक्दीर अधिकारी ,जीवन रायमाझी ,सिता रसाइली, अनेसास सल्लाहकार एवं साहित्यकार सौरभ किरण श्रेष्ठ, एन्टा अध्यक्ष रंजित शाह, कलाकार मानश राज, कलाकार तथा सर्जक मोडेल जेनिशा गौतम ,पुर्व अनेसास उपाध्यक्ष बिष्णु घिमिरे , युवा साहित्यकार अस्मित रेग्मी लगायतका नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैंजुले बालबालिका लक्षित यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिए । अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा संस्थाको अभियान निरन्त ररहने बताउदै विदेशमा जन्मेका दोस्रो पुस्ताका बालबालिकालाई मातृभाषासंग जोड्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए । उनले सबैको सहयोग र सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमाखुशी ब्यक्त गर्दै उपस्थित सबै प्रति आभार एवं धन्यवाद प्रकट गरे । संस्थाकी महासचिब भावना पराजुलीले अनेसासले बिगत आठ बर्ष देखि हरेक बर्ष नेपाली दोश्रो पुस्तामा नेपाली भाषा र साहित्य चिनाउन तथा प्रबर्धन गर्ने निरन्तरताको रुपमा यो कार्यक्रम आयोजना गरिएको बताईन् । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भावना पराजुली र पब्लिक अफिसर मुक्तिराम पोखरेलले गरेका थिए भने बाल साहित्यिक कार्यक्रमको सञ्चालन ११ वर्षीय आयाम घिमिरेले गरेका थिए । कार्यक्रममा अभिरुभ बस्ताकोटी, अन्भी बस्ताकोटी, अप्सना पराजुली, मुमाल श्रेष्ठ, श्रेया पौडेल, प्रशन्न बाबु तिवारी, प्रजना भण्डारी, आदित्य पौडेल, अक्क्षिता तिमल्सिना, आयुस्ता तिमल्सिना, रुवाना गुरुङ, आर्या ढकाल, सिमोल श्रीपाली, आरध घिमिरे, श्रेया पौडेल, निभान पौडेल र आयाम घिमिरेले आफ्नो प्रस्तुती दिएका थिए 