सिड्नी । तेश्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगीता अन्तर्गत महिला तर्फ भएको भलिबल प्रतियोगीताको उपाधि म्याग्दीकाली युनाईटेडले हात पारेको छ । बागलुङ समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा सम्पन्न प्रतियोगीतामा ढोरपाटन भलिबल क्लवलाई ३–२ को सेटमा हराउँदै म्याग्दीकाली विजेता बनेको हो ।
बेष्ट अफ फाईभ अनुसार भएको खेलमा म्याग्दीकालीले लगातार पछिल्लो तीनवटै सेट जितेको थियो । म्याग्दीकालीमा नेपाली राष्ट्रिय भलिबल टिमकी खेलाडी प्रतिभा माली र सरस्वती चौधरी पनि सहभागी थिए । फाईनल खेलमा भने चौधरी खेलमा सहभागी थिइनन् । एक टिमबाट एक जनामात्र राष्ट्रिय खेलाडी खेल्न पाउने नियमका कारण उनी मैदान बाहिर थिईन् । समाजले आयोजना गरेको पुरुष (भेट्रान) तर्फको सेमिफाइनल र फाइनल खेल भने समय अभावका कारण अर्को हप्ता खेलाईने अध्यक्ष विकास सापकोटाले जानकारी दिए । प्रतियोगितामा महिलातर्फ ६ र पुरुष (भेट्रान) तर्फ १० टोली खेलमा सहभागी भएका थिए ।






