सिड्नी । सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेज अस्ट्रेलियाले आफ्नो ब्राण्ड एम्बेस्डरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अभिनाष बोहोरालाई नियुक्त गरेको छ । सिड्नीमा आयोजित एक कार्यक्रमकाबीच सर्भिसेजका म्यानेजर ईशान शाक्यले बोहोरालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरिएको जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेलाडीलाई कम्पनीको ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा खुसी लागेको भन्दै यसले विद्यार्थी र अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई कम्पनीप्रति अभिप्रेरित गर्ने बताए ।

कार्यक्रममा बोल्दै अभिनाष बोहोराले आफुलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको मा धन्यवाद व्यक्त गरे । उनले संस्थाको उद्धेश्य र योजना बमोजिम आफुले कम्पनीको प्रवद्र्धनका लागि काम गर्ने बताए । त्यस्तै खेल र शिक्षा दुवै परिपूरक रहेकाले विदेशमा रहेका नेपाली विद्यार्थीहरु र नेपालमै रहेकाहरुलाई शैक्षिक सम्बन्ध जोड्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । अस्ट्रेलियामा लामो समयदेखि आफ्नो सेवा प्रवाह गर्दै आएको सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थी भिसा, सीपयुक्त आप्रवासन तथा करियर परामर्श सेवाहरू प्रदान गर्दै आईरहेको छ ।
को हुन् अविनाष बोहोरा ?
अविनाश बोहरा नेपाली क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् जसले दाहिने हात मध्यम गतिमा बलिङ गर्छन । उनले नेपालगन्ज यू–१९ क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै क्रिकेट यात्रा सुरु गरेका थिए । उनी सन् २०१९ देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहँदै आएका छन् । उनी हालसम्म ६२ वटा टि–२० अन्तर्राष्ट्रिय खेलहरू खेल्दै ७५ विकेट लिएका छन् ।






