सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्म जयन्ती विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । १७ डिसेम्बर आईतबार सिड्नीको वेन्थवर्थविलमा आयोजित कार्यक्रममा महाकवि देवकोटा र कविशिरोमणी पौड्यालले नेपाली भाषा तथा नेपाली साहित्य जगतमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटा तथा विश्वका उत्कृष्ट कविहरुको सुचिमा पर्ने पौड्यालको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रो. गार्गी शर्माले नेपालको साहित्यिक जगतमा एक अमर श्रष्टाको रुपमा रहेका दुवै कविहरुको योगदानको प्रशंसा गरिन ।

कार्यक्रममा उपस्थित अतिथिहरुले कविद्धयको तस्बिरमा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा जमघट भएका कविहरुले आआफ्नो सिर्जना वाचन गरी कार्यक्रमलाई साहित्यमय बनाएका थिए । कार्यक्रममा बोल्दै विशेष अतिथि एवम् एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भाषा संस्कृती र साहित्यको जगेर्ना एवम् प्रवद्र्धनका लागि नई प्रकाशनले गरेको काम प्रशंसनीय रहेको बताए ।
नई प्रकाशन अष्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कविता वाचन गरेकी थिईन् । कार्यक्रमको सञ्चालन बाल मुकुन्द तिमिल्सिनाले सञ्चालन गरेका थिए भने बाल कलाकार अक्क्षिता तिमिल्सिना, अविरव वास्ताकोटी, मोमुल श्रेष्ठ लगायतले प्रस्तुती दिएका थिए । 

कार्यक्रममा कविहरु जीवराज घिमिरे, राम कोईराला, महेश्वर शर्मा, प्रतिज्ञा अधिकारी, नई एकेडेमीको उपाध्यक्ष जेनिशा गौतम र भावना पराजुली लगायतले आआफ्नो कविता वाचन गरेका थिए भने लेखक राम कोईरालाले १२ वर्षमा छोरीले लेखेको कविता सहित आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा एन्टा अध्यक्ष रञ्जित शाह, लेखक राम कोईराला,ममुल श्रेष्ठ, नई एकेडेमीका संस्थापक सचिव प्रनव बहादुर थापा, प्रबन्धक साजन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।