लन्डन । सोंपल समाज यूकेले गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी प्रमुख माया (दोर्जी डोल्मा ) गुरुङ्गलाई सम्मान गरेको छ ।
बुधबार साझं गोल्डेन सिपमा विशेष कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । कार्यक्रम संस्थाका महासचिव क्या. मोहन गुरुङले सञ्चालन गरेका थिए । 
समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, आमा समूहका अध्यक्ष आमा समूहका संस्थापक तथा पूर्वअध्यक्षहरू, ट्रस्टी, सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्य एवं आमा समूहका सदस्य लगायतको उपस्थिति थियो ।
सांसद सरस्वती र माया गुरुङलाई फूल, दोसल्ला, खादा र मायाको चिनोले सम्मान गरेको थियो । सांसद सरस्वती, मायाले पनि सम्मानका लागि सोंपल समाज यूकेलाई धन्यवाद दिएका थिए
समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट औपचारिक कार्यक्रम राखेर स्वागत सम्मान गर्ने अवसर पाएकोमा उपस्थित सबैलाई धन्यवाद दिँदै उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई आभार व्यक्त गरे।
कार्यक्रममा सांसद सरस्वती गुरुङले सोंपल समाजकी छोरी चेली भएकोमा गर्व व्यक्त गर्दै आफू यहाँहरूको आशीर्वादले शिर झुकाउने काम नगर्ने बताइन्। साथै, अझ राजनीतिक सफलताका लागि समाजका सदस्यहरूबाट निरन्तर सहयोग र आशीर्वादको अपेक्षा रहेको बताउँदै बेलायतका विभिन्न स्थानमा पुगेर नेपाली दाजुभाइ, दिदीबहिनी तथा सबै बुझ्ने अवसर प्राप्त भएको जानकारी गराइन्।
त्यस्तै, स्थित मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी प्रमुख माया (दोर्जी डोल्मा) गुरुङले आगामी दिनमा पनि साथ, समर्थन, र सहयोगको अपेक्षा रहेको बताइन्।
यो भ्रमणमा संस्थागत र आफन्त भेटघाट अत्यन्तै उपलब्धिमूलक भइरहेको जनाउँदै बेलायतमा पाएको माया, सद्भावले थप काम गर्न प्रेरित गर्ने भन्दै आगामी दिनमा पनि साथ सहयोग पाइरहने अपेक्षा राखिन् 
कार्यक्रमका क्रममा समाजका ट्रस्टी डेबिड गुरुङले समुदायमा सकारात्मक सन्देश फैलाउने संस्थाको उद्देश्य रहेको जनाउंदै शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा उपस्थित सम्पूर्णले सांसद सरस्वती गुरुङ र माया गुरुङलाई खादामालाले सम्मान गरेका थिए। 
















