सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ३५ वर्ष माथि उमेर समुहको भेट्रान भलिबल च्याम्पियनसिप हुने भएको छ । धादिङ समाज अस्ट्रेलिया र नर्थवेष्ट नेपलिज कमिटीको संयुक्त आयोजनामा डिसेम्बर १५ तारिख आइतबार सिड्नीको नर्थ वेष्टमा रहेको स्टन होप पार्कमा उक्त च्याम्पियनसिप हुने भएको हो । प्रीतयोगीतामा ३५ वर्ष उमेर भन्दा माथिका खेलाडीहरुले मात्रै सहभागीता जनाउन पाउने समाजका अध्यक्ष अर्जुन केसीले जानकारी दिए ।
त्यस्तै प्रतियोगीतामा विभिन्न ठाउँका १० समुह प्रतिष्प्रधामा सहभागी हुनेछन् । अस्ट्रेलियामा रहेका नेपालीहरुबीचको आत्मियता बढाउँदै आपसी सदभाव संगै खेलको माध्यमबाट स्वस्थ रहने सन्देश सहित प्रतियोगीता आयोजना गरिएको अध्यक्ष केसीले बताए । प्रतियोगीतामा च्याम्पियन बन्ने समुहले नगद १ हजार २ सय डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुने समुहले नगद ८ सय डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट स्पाइकर, बेष्ट सर्वर ,बेष्ट सेटर र म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सिड्नीका महावाणिज्यदूत सञ्जिव शर्मा तथा भिक्टोरिया राज्यका वाणिज्यदूत निराजन गौलीको विशेष आतिथ्यता रहनेछ । प्रतियोगीताको मार्की होम टाईटल स्पोन्सर, प्लाटिनममा स्पोन्सरमा सोलार वर्ड र गोल्ड स्पोन्सर्डमा क्विन्स फोर्ड कलेज लगायत रहेका छन् । प्रतियोगीतामा सहभागी बनी खेलको मजासंगै आपसी भेटघाट पर्वको रुपमा उपस्थित हुन आयोजकले सबैसंग अनुरोध गरेको छ ।






