तामाङ सोसाईटी अफ सिड्नीको बारविक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न

सिड्नी । तामाङ सोसाईटी अफ सिड्नी न्यू साउथ वेल्सको आयोजनामा बारविक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सोसाईटीले ५ अक्टोबर शनिवार एसफिल पार्कमा  कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सोसाईटीमा देखा परेका समस्याहरुको समाधान गर्दै नयाँ कार्यसमिति हेरेफेर र भावी योजनाको बारेमा कुराकानी भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष गणेश तामाङले अहिले रहेको कार्यसमितिले ६ महिना भित्र नयाँ कार्यसमिति बनाउने गरी अगाडी बढ्न सुझाव दिए । अविरल तामाङले नयाँ कार्यसमिति बनाउने कुरा आफु ढुक्क रहेको र यो अवसरमा सबैलाई समेटेर अगाडी लैजानुपर्ने बताए ।  हाल कायम रहेको समितिका अध्यक्ष अविरल तामाङले छोटो समयमानै छोटो समयमानै आफु लाई एजीएम गराएर अर्को कार्य समिती बनाउनु पर्ने सुनौलो अवसर प्राप्त भएको र यस्का लागि आफु पूर्ण तयारी रहेको भन्दै सहयोगीप्रति सबैलाई धन्यवाद व्यक्त गरे । उनलेै ६ महिना भित्र अधिवेशन गरेर नयाँ समिति बन्ने बताए । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिख पोखरेल, न्यू साउथ वेल्स राज्यका महावाणिज्यदूत सञ्जिव शर्मा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । एसफील पार्कमा सम्पन्न भएको कार्यक्रममा ३ सय भन्दा बढीको उपस्थिति रहेको थियो भने खेलकुद, लठ्ठी तान्ने लगायत, सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा निम्फा उपाध्यक्ष लिला गुरुङ, महासचिव चिराङ प्रधान, तमु समाज सिड्नीका अध्यक्ष हिउपति गुरुङ, तामाङ सोसाइटी सिड्नीका  पूर्व अध्यक्ष सुन्दोर्जे तामाङ,सल्लाहकार निमा वोम्जन,युवा व्यवसायी महेश प्रसाई, तामाङ घेदु क्यानबेराका सल्लाहकार कर्म लामा,थिन्कवाइस फैनाइन्स सोलुसनका सुबाश तमाङ  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव कुन्साङ घिसिङले गरेका थिए ।