लण्डन । बेलायतको साउथ लण्डन स्थित चार्ल्टन नेपाली समाज युकेले नेपाली दिदी बहिनीहरुको महान चाड हरीतीलिका (तीज) भब्य रुपमा मनाउने भएको छ ।
समाजले आगामी सेप्टेम्बर १ तारिखका दिन मेरडियन स्पोर्ट एण्ड सोसियल क्लबको सभाहलमा तीज बिशेष कार्यक्रम गर्ने भएको हो
समाजले दिदी बहिनीहरुलाई तीजको दर खुवाउने र नाचगान गर्ने उद्देश्यले हरेक बर्ष गर्दै आएको र यो बर्ष पनि बिशेष
कार्यक्रम गर्दै मनाउने भएको हो ।
नेपालीहरुको बाक्लो बस्ती रहेको साउथ ईस्ट लण्डनमा तीज कार्यक्रम सदा झै यस बर्ष पनि भव्य रुपमा मनाउन सिंगो समाज र कार्यसमिती यसको व्यापक तयारीमा लागेको समाजकी अध्यक्ष सिता अर्यालले बताइन ।
उक्त कार्यक्रम डिजे हेम बिष्टको साथमा स्थानीय कलाकारको प्रस्तुति र पारिबारिक जमघट एबम नाचगान सहित रोचक कार्यक्रम गरिने समाजका महा सचिब बसन्त खनालले लण्डन नेपाल न्यूज लाई बताए
उकत दिन आइतबार परेको हुंदा सबै चाल्टन बासी मात्र नभएर बरपरका सम्पुर्ण को सहभागिताको लाग् आब्ह्यन गरेका छन् ।






