लण्डनमा गायिका सुजाता र निरुसाले गरे परदेशीको पिडा सार्बजनिक (भिडियो हेर्नुस)

लण्डन ।लण्डनमा गायिका सुजाता काफ्ले र निरुसा भट्टराई पाण्डेको स्वर रहेको तीज गीत ‘नाच्ने त छैन ओइ ढंग वरी लै’ सार्बजनिक भएको छ ।

नारायण ज्ञावलीको शब्द रहेको गीतमा संगीत भने कृष्ण केसीको रहेको छ । यस्तै प्रीज्मा स्टूडियोले बजारमा ल्याएको गीतको छायांकन,सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

म्यूजिक भिडियोको सम्पादन श्यामस्वेत रसाइलीले गरेका छन्। गीतमा गायिका सूजाता र निरुसाका सहित अन्य नेपाली कलाकारले अभिनय गरेका छन् ।

गायिका काफ्लेले बेलायतमा बसे पनि नेपाली गीत र्सगीतलाई माया गरिरहेकी छन् । कर्म भूमिमा गएर पनि काफ्लेले नेपाली गीत संगीतमा देखाएको माया अविश्वसनीय छ ।

काफ्लेले यस अघि पनि तीज गीत सहित अन्य थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छन् ।(भिडियो हेर्नुस)