बेलायतमा मिस यूके विजेता सिर्जना र डेक गुरुङको “सयौं जन्म” सार्वजनिक (भिडियो हेर्नुस)

लण्डन । बेलायतमा “सयौं जन्म” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। करिब २१ वर्षअघि डेक गुरुङले लेखेको “सयौं जन्म” गीतको भिडियो “डेक गुरुङ” अफिसीयल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक डेक गुरुङ र मिस युके नेपाल २०१७ सिर्जना गुरुङको मुख्य अभिनय रहेको छ । सो भिडियो याम लिम्बुले निर्देशन गरेका छन् भने, भिडियो सम्पादन अर्जुन गुरुङले गरेका छन् । सो गीतको भिडियो उत्पादन ब्याड आइडिया प्रोडक्सनले गरेको छ।

गीत स्ट्यानवेल स्टुडियोमा रेकर्ड गरिएको थियो भने संगीत निर्मातामा मदन ’म्याडी’ रहेको छ। कला-प्रकाशमा सुमन सारु मगर, लाईन-निर्मातामा रोशन मगर, मेकअप आर्टिस्ट मिकिता गुरुङ र रङकार सारंगजंगले गरेका हुन् । त्यस्तै ग्राफिक डिजाइन धरसो स्टुडियोले गरेको थियो ।

गाएक डेक पोखराको हो भने उनी हाल अल्डरसटमा बस्छन् । उनी बेलायतमा सिक्का ब्याण्डका गायक र प्रबन्धक पनि हुन् । डेकले बेलायतका विभिन्न कार्यक्रममा प्रस्तुति दिँदै आएका छन् भने उनको ब्यान्डले नेपालबाट बेलायत पाल्नु हुने विभिन्न गायकहरुलाई कन्सर्टमा सहयोग गर्दै आएको छ ।

त्यस्तै अभिनेत्री सिर्जना गुरुङ मिस युके नेपाल २०१७ को विजेता हुन् । यो गीत उनको ९ औं म्युजिक भिडियो हो, जसमा उनले मोडेलको रुपमा काम गरेकी छिन् । क्लिनिकल रिसर्चमा उनको जागिरको साथ, उनी धेरै गैर–लाभकारी संघ-संस्थाहरूसंग काम गर्दै, फ्रीलान्स मोडेल र कार्यक्रम होस्टका रूपमा पनि काम गर्छिन्।भिडियो हेर्नुस—