नमस्ते नेपाली समाज यूकेले हर्षोल्लास साथ मनायो नेपाली नयां वर्ष

लन्डन । नमस्ते नेपाली समाज यूके साउथ वेसट लन्डनले नेपाली नयां वर्ष २०८१ हर्षोल्लासका साथ मनाएको छ । १२ मे आइतबार नयां वर्ष मनाइएको हो ।

सटन काउन्सिलमा आयोजना गरी भव्यताका साथ सम्पन्न भयो | उक्त कार्यक्रम नमस्ते नेपाली कमिनिटिको अगुवाईमा संचालन भयको थियो| यस कार्यक्रममा इडियन कमिनिटि, श्रीलंकन कमिनिटि र नेपाली कमिनिटिको सक्रिय सहभागिता रहेको थियो | यस कार्यक्रममा सबै समुदायहरुले आ-आफ्नो कला संस्कृति झल्काउनु भयको थियो |

यस कार्यक्रममा विभिन्न नेपाली भेष भुषा झल्किने पहिरनका साथ उल्लेख्य नेपाली समुदायको उपस्थिति थियो | कार्यक्रममा नेपाली कलाकारहरुले आफ्नो कला, संस्कृति झल्किने नाचगान प्रस्तुत गर्नु का साथै, नेपाली कलाकौशल झल्किने सामग्रीहरु समेत विभिन्न सोकेस हरुमा राखेर प्रदर्शन गरियको थियो |

यो कार्यक्रमसको संचालन नमस्ते नेपाली कामिनिटिको तर्फबाट संस्थाका सदस्य लुनी चोचुनले गर्नु भयो भने संस्थाका अद्यक्ष प्रेम खड्काले स्वागत मन्तब्य प्रस्तुत गर्नु भयो | त्यसै गरि संस्थाका महासचिब बिमल रोक्काले सबै सहभागि कमिनिटिहरुलाई तथा काउन्सिलर हरुलाई धन्यवाद ग्यापन गर्नु भयको थियो |

उक्त कार्यक्रममा सटन काउन्सिलका मेयर, उप मेयर को साथै काउन्सिलर हरुको पनि उपस्थिति थियो | नमस्ते नपाली कमिनिटिको अगुवाईमा यो कार्यक्रम सफल रुपमा सम्पन्न भयको मा काउन्सिलर परम नन्दाको साथै उपस्थित सबैले नमस्ते नेपाली कमिटीलाई लाई धन्यवाद दिनु भयको थियो |