क्याट यूके एघारौं वार्षिकोत्सव मनाउने तयारीमा :

लण्डन ।

(क्याट यूके) चितवन एड ट्रस्ट, यूके आफनो स्थापनाको एघारौं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । चितवनबाट बेलायतमा आई बसेकाहरुको सांझा संस्थाका रुपमा रहेको क्याट यूकेले यहि जुलाई १९ मा एक विशेष कार्यक्रमबीच वार्षिकोत्सव तथा छैटौं अधिवेसन गर्दैछ ।  सन् २००४ जुन २६ मा स्थापित उक्त संस्थाका हाल करिब ५ सय साधारण र एकसय ५० आजीवन सदस्य छन् । यसले चितवन जिल्लाका गरिव अनि सिमान्तकृत जनताका लागि आर्थिक सहयोग साथै स्वास्थ्य र शिक्षाका क्षेत्रमा सरहानीय काम गरेको छ । अहिले संस्थाले भूकम्पबाट जिल्लामा क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि आर्थिक संकलन गरिरहेको छ ।

nepal_news1435833000-cat_uk[1]

साथै सोहि कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समावेस छन । डिजे, राफल ड्र, लोकदोहोरी, बालबालिकाका लागि खेल, विभिन्न गीत तथा नृत्य लगायतका प्रस्तुति कार्यक्रमका आकर्षण रहनेछन । मध्यान्ह १२ बजेदेखि सांझसम्म चल्ने कार्यक्रमका सहभागीलाई बिबिक्यू तथा डिनरको समेत व्यवस्था रहेको एक सदस्य जिवन सेनले बताए ।

कार्यक्रम १२ पाउण्डको टिकट लाग्नेछ, । तर ६ देखि १२ वर्षसम्मका बालबालिकालाई ६ पाउण्ड लाग्नेछ भने ५ वर्षभन्दा मुनिकालाई निशुल्क व्यवस्था छ । साउथ ईस्ट लण्डनको प्लमस्टिड एबिउडस्थित लेकसाइड कम्प्लेक्समा हुने अधिवेसनले संस्थाको नयां नेतृत्व चयन गर्नेछ ।