लन्डन-बेलायतको नेपाली समुदायमा चिरपरिचित युवा सामाजिक अभियन्ता हेम गुरुङ गोर्खाली समाज यूकेको अध्यक्ष पदमा निर्बाचित भएका छन् ।
अप्रिल २८ तारिखमा सम्पन्न समाजको नवौं अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षमा निर्बाचित भएका हुन्।
समाजमा लामो समयदेखि क्रियाशिल गुरुङ पछिल्लो तीन कार्यकालमा लगातार उपाध्यक्षको पदमा रहेर काम गरेका थिए । त्यसअघि उनले समाजको युवा संयोजकको समेत जिम्मेवारी सम्हालेका थिए।






