सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली समुदायका व्यक्तिहरुले पहिलो पटक ईफ्तारी ईद पर्व मनाएका छन् । एसोसियसन अफ नेपाल तराई अष्ट्रेलिया (एन्टा) को आयोजनामा मुस्लिम समुदायका व्यक्तिहरुबीच जमघट तथा सामुहिक भेटघाट कार्यक्रम आयोजना गरी पर्व मनाईएको एन्टाका अध्यक्ष रञ्जित शाहले जानकारी दिए । मुस्लिम समुदाय व्यक्तिहरुले इफ्तारी इदलाई ठुलो पर्वको रुपमा मनाउँदै आएका छन् । सिड्नीको वेन्टवर्थविलमा आयोजित कार्यक्रममा मुस्लिम समुदायबाट ७० भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उनीहरुले मुस्लिम धर्म र परम्परा अनुसार ईदको सुरुवात गर्दै विभिन्न परिकारहरु बनाएर एक आपसमा सद्भाव बटुलेका थिए । अस्ट्रेलियाभर छरिएर रहेका मुस्लिम समुदायका व्यक्तिहरुबीच आपसी भेटघाट, भातृत्व र सदभाव कायम गर्दै पर्वहरुलाई उल्लासमय रुपमा मनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाहको भनाई छ । एन्टाले यस अगाडी होली र छठ पर्व लगायतका पर्वहरुमा समेत विशेष कार्यक्रम गर्दै आएको छ ।







