लण्डनमा द गोर्खा सेन्टरले अर्को मुखर्जीको सांगीतिक साँझ गर्दै

लन्डनबेलायतस्थित कल्याणकारी संस्था,   गोर्खा सेन्टर, लेअन्तरराष्ट्रिय नारी दिवसको अवसरमा एक सांगीतिक साँझ तथाअन्तरक्रिया आयोजना गर्न लागेको छ।

आइतबार, १७ मार्चका दिन अपरान्ह बजेदेखि अन्तरक्रिया तथा बजेदेखि चर्चित भारतीय गायक अर्को मुखर्जीलगायतकाकलाकारहरुद्वारा सांगीतिक साँझ आयोजना गरिने   गोर्खा सेन्टरकासंस्थापक तथा सिइओ भीम तामाङले बताए।  

हेजस्थित क्लेरेसियन ओएसिस सम्मेलन केन्द्रमा आयोजना गरिने उक्तकार्यक्रमको शुरुमा प्रवासमा नेपाली महिलाका चुनौती तथाअवसरहरू बारे छलफल पनि गरिने छ।

उक्त सांगीतिक साँझमा गायक मुखर्जीले   आफ्नै मौलिक शैलीमा स्वर्गीयलोकगायक झलकमान गन्धर्वका कालजयी गीत लगायत अन्य थुप्रै पुरानानेपाली लोकआधुनिक गीतहरु सुनाउने छन्।  उक्त कार्यक्रममा चर्चितशेफ बिनोद बरालको टोलीले मौलिक नेपाली खाना पनि प्रस्तुत गर्ने छन्।

कार्यक्रमको  खर्च कटाएर बचेको रकम बेलायतस्थित भूतपूर्व गोर्खासैनिक तथा तिनका परिवारको सहयोगका लागि खर्च गरिने सिइओ भीमतामाङले बताए।   गोर्खा सेन्टरले बेलायतमा उच्च शिक्षाका लागिआएका नेपाली विद्यार्थी हरुलाई सघाउन एकहेल्प डेस्कपनि स्थापनागरेको छ।

आयोजकले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सबैबेलायतवासी नेपालीलाई अपिल गरेका छन्

गत डिसेम्बर महिनामा गोर्खा सेन्टरले आयोजना गरेको  ‘मह जोडी युकेटुरनिकै सफल भएको  थियो।