लन्डन – नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेले १४ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ।
शनिबार साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा आयोजित समारोहमा २०२१-२४ कार्यकालमा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाको कार्यप्रगति प्रस्तुत गरे भने कोषाध्यक्ष खेमराज जोशीले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए।
एनबीसी युकेको १४ औं वार्षिक साधारण सभालाई एनआरएनएका संस्थापक सचिव चीरन्जीवी ढकाल, गोर्खा समाजका अध्यक्ष अशोक ढकाल, समाजसेवी शिवजी श्रेष्ठ, कोडेक युकेकी प्रतिमा दाहाल, नेप्लिज एकाउन्टेन्ट्स एसोसियशन युकेका अध्यक्ष शशिधर नेपाल, स्लाउ नेपाली समाजका अध्यक्ष लेखनाथ घिमिरे, नेपाली भाषा तथा संस्कृतिक केन्द्रका अध्यक्ष भोला पनेरु, संस्थाका सल्लाहकार डा श्याम चन्द, कार्यसमिति सदस्य सुमन प्रधान तथा दशरथ बस्याल, पत्रकार भगीरथ योगी लगायतले शुभकामना दिएका थिए।




















कार्यक्रममा संस्थालाई सहयोग गर्ने महानुभावहरु तथा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन समितिका संयोजक मिलन घिमिरेले २०२४-२७ कार्यकालका लागि २४ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गरे। समाजका संस्थापक संयोजक कमल पौडेलले सबै सदस्यहरुलाई शपथ दिलाएका थिए। 
कार्यक्रमको समापन समारोहमा निवर्तमान अध्यक्ष राजेन्द्र ओझाले आफु नेतृत्वको कार्यकालमा सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाहरुलाई हार्दिक धन्यवाद दिए भने नवनिर्वाचित अध्यक्ष प्याकु-यालले अहिलेको रफ्तारलाई कायम राख्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी आफुले काम गर्ने वाचा गरे।
उनले सबै साथीहरुसंग सरसल्लाह गरी संस्कृति, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाए। उक्त अवसरमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। नयाँ कार्यसमितिको शनिबार नै बसेको बैठकले समीरनाथ प्याकु-याललाई संयोजक, दामोदर आचार्यलाई सचिव तथा खेमराज जोशीलाई कोषाध्यक्षमा चयन गरेको छ।
२०२४-२७ का लागि निर्वाचित एनबीसी युकेको नयाँ कार्यसमिति यस प्रकार छ :
संयोजक समीरनाथ प्याकुरेल -सचिव – दामोदर आचार्य कोषाध्यक्ष – खेमराज जोशी ट्रष्टीहरु: राजेन्द्र ओझा, रबिन्द्र अधिकारी, लेखनाथ घिमिरे, सुमन प्रधान, चुरामणि रेग्मी, तेजमाया रेग्मी सिग्देल, ऋषि खनाल, प्रकाश न्यौपाने, श्याम कोइराला, डा प्रसन्ना नेपाल, प्रभु न्यौपाने, बसन्त नेपाल, रामसुन्दर शाह, किरण अधिकारी, भान बहादुर चन्द, प्रसुन राना, सुमन गुरुङ, दशरथ बस्याल, कुल प्रसाद सिग्देल, सिर्जना कोइराला तथा पार्वती देवी न्यौपाने निर्वाचित भएका छन् ।
एनबिसी यूके विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुँदै आएको छ ।बेलायतमा च्यारिटीको रुपमा दर्ता भएको यस संस्थाले नेपालीहरुको हकहित र समुदायको उत्थानको निम्ती निरन्तररुपमा काम गर्दै आएको छ ।






