काठमाडौं, १६ असार । पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति परेको चट्याङ लागेर काहुले–३ की कमला राई र सावाकटहरे–८ का प्रेम विश्वकर्माको मृत्यु भएको हो । चट्याङ लागेर काहुले–३ की निर्मला राई र मणिराज तामाङ घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी इलामको दानाबारीमा परेको चट्याङ लागेर १४ वर्षीया रेनुका राईको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर तीन जनाको मृत्यु






