तक्दीर अधिकारी
सिड्नी । नारी निकुञ्ज अस्ट्रेलियाले महिला शसक्तिकरण तथा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ४ फेब्रुअरी शनिवार लिभरपुल क्लवमा आयोजित कार्यक्रममा नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक सगिंता चापागाईँको अध्यक्षता रहेको थियो भने नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य परिषद संयोजक सवला बस्नेतको स्वागत मन्तव्य एवम् सञ्चालन सदस्य एमी कार्कीले गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै लिभरपुल काउन्सिलका डेप्यूटी मेयर मिसेस फिउना म्यकानौट आफु पनि एउटा महिलाको पाठेघर सम्बन्धी काम गर्दै आईरहेको भन्दै विभिन्न महिलाहरुसंग आफुले काम गरेको बताईन् । उनले रजोनिवृत्तिमा रहेका महिलाहरुका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर समाजका सवैपक्षसंग छलफल आवश्यक रहेको बताईन् ।
लिभरपूल सिटी पुलिस डोमेस्टिक भाईलेन्स अफिसर जोन मेकीले यस्ता कार्यक्रमहरुले समाजमा महिलामाथि हुने घरेलु हिंसा र तीनको समाधानका लागि सम्बन्धित व्यक्तिहरुसम्म पुग्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।
एनआरएनए अस्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले एनआरएनएले यस्ता कार्यक्रमहरु लामो समयदेखि गर्दै आईरहेको भन्दै नारी निकुञ्जसंग रहेर यस्ता धेरै कार्यक्रम गर्न तत्पर रहेको बताए ।

कार्यक्रमको मुख्य प्रस्तावमाथि छलफल गर्ने उद्देश्यले ३ वटा जानकारीमूलक प्रस्तुती राखिएका थिए। प्रस्तावित विषयमा डा. अञ्जु पाण्डेले रजोनिवृत्ति हुने समस्याहरु र ती समस्याहरुसंग कसरी खुल्ने र परिवारमा कसरी व्यक्त गर्ने भन्ने विषयमा प्रस्तुती दिएकी थिईन् ।
त्यस्तै प्रतिज्ञा अधिकारीले घरेलु हिंसा र त्यसका विरुद्धमा कसरी आवाज उठाउने र अस्ट्रेलियामा रहेका बिभिन्न समाजका उदाहरण दिदै समुदायका शिक्षित महिलाहरु समेत हिंसा पर्ने गरेको तर खुलेर कुरा गर्न नसकेको बताईन् ।
स्तन क्यान्सर विशेषज्ञ नर्स फर्मिला सापकोटाले स्तन क्यान्सरका बारेमा विषयमा प्रस्तुती दिदै पूर्व सतर्कता, भईसकेपछि पुर्याउनुपर्ने ध्यानका विषय र उपचार गर्न मद्दत कसरी प्राप्त गर्ने बारेमा प्रष्ट पारिन् ।

नारी निकुञ्ज अस्ट्रेलियाकी अध्यक्ष सगिंता चापागाईँले घरेलु हिंसा अस्ट्रेलियामा तड्कारो समस्या रहेको भन्दै नेपाली समुदायमा हुने हिंसाका घटनाहरु एनआरएनएमा पनि आउने गरेको भन्दै त्यस्ता समस्याहरु समाधानका लागि पहल गरिँदै आएको बताईन् । नेपाली समुदायमा वृहत रुपमा छलफल गर्नुपर्ने आवश्यकता हुने ठानेर कार्यक्रम आयोजना गरिएको बताईन् । उनले स्तन क्यान्सर, महिनावारी स्वास्थ्य लगायतका विषयमा सचेतना प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बताईन् । उनले आफ्नो कार्यकालमा यस्तै उपलब्धीमूलक, जानकारीमूलका कार्यक्रमहरु अगाडी बढाउँदै लैजाने र समाजमा पुग्ने उद्धेश्य बोकेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरिन् ।
नेपाली समाजकी अगुवा ईन्द्र वनले पनि आफ्नो अनुभव सुनाउँदै कार्यक्रम समय सान्दर्भिक रहेको बताईन् ।
नेपाली समाजकी अगुवा ईन्द्र वनले पनि आफ्नो अनुभव सुनाउँदै कार्यक्रम समय सान्दर्भिक रहेको बताईन् ।एनआरएनए पूर्व प्रवक्ता/ नारी निकुञ्ज अस्ट्रेलिया संस्थापक अध्यक्ष रञ्जु वाग्लेले नेपाली समाजका महिलाहरुमा रहेका समस्याहरु समाधानका लागि कार्यक्रमले मद्धत पुग्ने बताईन् ।
कार्यक्रममा नेपाली भाषा र संस्कृती झल्किने गीत संगीत प्रस्तुत गरिएको थियो । कलाकार तथा गायिका जेनिशा गौतम, कलाकारहरु श्रेया ज्ञवाली र सरिता सिग्देल लगायतका कलाकारले आफ्नो प्रस्तुती दिँदै सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा अष्ट्रेलिया भ्रमणमा रहेकी संविधान सभा सदस्य गिता वाग्लेको विशेष उपस्थितिमा कलाकार, जानकारीमूलक प्रस्तुती प्रस्तुतकर्ता लगायतलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङ, न्यू साउथ वेल्स राज्य परिषद संयोजक बिनोद कुँवर र पूर्व संयोजक देव गुरुङ, नारी निकुञ्जका पूर्व अध्यक्षहरु, नारी निकुञ्ज अस्ट्रेलिया सचिव अर्चना गौतम, सदस्य भावना पराजुली, हिमानी ट्रष्ट अष्ट्रेलिया अध्यक्ष अन्जना बस्नेत कार्की, आईसीसी सदस्य रमेश अधिकारी, साउथ वेष्ट नेपलिज कम्युनिटी पूर्व अध्यक्ष देभेन्द्र सापकोटा, विभिन्न संस्था का प्रतिनिधि, एनआरएनए अष्ट्रेलियाका पदाधिकारी लगायत समाजका अगुवहरुको उपस्थिति रहेको थियो ।