लण्डन । मगर संघ युके, युनाइटेड हाम्सायर, सरे, बक्सायर (युएचएसबी) शाखाले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा पितृ पूजा गरेर माघे संक्रान्ति मनाएका छन।
माघे संक्रान्ति कार्यक्रमको पहिलो चरणमा उपस्थित मगर तथा गैर मगरहरुले सामुहिक रुपमा पितृ पूजा गरेका थिए। पितृ पुजाको संयोजक ओम थापा काउचाले गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा आपतकालीन अवस्था सम्बन्धि सूचना, आसन ग्रहण, दिप प्रज्वलन, नेपाली राष्ट्रिय गीत, मगर राष्ट्रिय गित दुइ मिनेट मोन धारण गरेर औपोचारिक कार्यक्रमको थालनी गरेका थिए। कार्यक्रमको तेस्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रममा युएचएसबी शाखाको निमन्त्रणामा नेपालबाट बेलायत आएकी चर्चित गायिका मुना थापा मगरले दर्शकलाई भरपुर मनोरंजन दिएका थिए।
त्यस्तै क्याप्टेन बिर बहादुर थापा मगर र सन्तोष पुन मगरले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। सांकृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले मगरहरुको ठेट नृत्यहरु कौरा नाँच, थाली नाँच, सालैजो नाँचलगायत बिभिन्न नाँचहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा गुल्मी नौमती बाजा युकेले दर्शकलाई मनोरंजन दिदै आफ्नो जिम्मेवारी निभेको थियो।
पहिलो चरणको औपोचारिक कार्यक्रम युएचएसबी शाखाको सचिब गणेश बुढाथोकी मगरले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम दिनेश रोकामगर र जनिका पुनमगरले संचालन गएका थिए। मगर संघ युके युएचएसबी शाखाको अध्यक्ष ऋषिराम रानाले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष सिता पुन थिए भने बिशेष अतिथिमा गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगर र ब्रिटिश बोर्डकास्टिङ्ग सर्भिस (बिबिसी) को सर्बेक्क्ष्ण अनुसार विश्वका एकसय प्रभाबशाली महिला मध्ये छनोटमा परेकी समाजसेवी सपना रोका मगरलाइ आमन्त्रण गरिएको थियो ।
माघे संक्रान्तिको स्वागत मन्तब्य युएचएसबी शाखाको उपाध्यक्ष तथा माघे संक्रान्ति कार्यक्रमको संयोजक बिर बलालले दिएका थिए भने प्रमुख अतिथि, बिशेष अतिथिहरुले शुभकामना मन्तब्य दिएका थिए।
अध्यक्ष ऋषिराम राना मगरले माघे संक्रान्ति कार्यक्रम सफल बनाउनको लागि सहयोग तथा जिम्मेवारी बहन गर्ने सम्पुर्णलाई सदस्यहरुलाई धन्यवाद दिएका थिए। माघे संक्रान्ति मनाउन मगर संघ युकेका निबर्तमान अध्यक्षहरु, पदाधिकारीहरु सल्लाहकारहरुलगायत झन्डै चारसय नेपालीहरुको उपस्थिति रहेको थियो। 













